प्रधानमन्त्री ओलीले ‘नयाँ राजा बन्ने कुचेष्टा’ गरेको नेता पाण्डेको आरोप « Khabarhub

प्रधानमन्त्री ओलीले ‘नयाँ राजा बन्ने कुचेष्टा’ गरेको नेता पाण्डेको आरोप


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नयाँ राजा बन्ने कुचेष्टा’ गरेको आरोप लगाएका छन्।

नेकपाको धादिङ काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्री ओलीले आफूलाई नयाँ राजाको रुपमा स्थापित गर्ने कुचेष्टा गर्नुभयो। तर, तपाइँको यस्तो प्रयासलाई हामी हेरेर बस्ने पक्षमा छैनौँ’ उनले भने, ‘उहाँले असंवैधानिक गतिविधि गरी राख्नुभएको छ। त्यसको जवाफ जनताले दिन्छन्।’

जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवर्द्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउने उनले बताए ।

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको बीचमा पार्टी एकता भई नेकपा बनेको तथ्य पेश गर्दै उनले भने, “हामी विभाजित भएका छैनौँ ।”

पूर्वमन्त्री पाण्डेले पार्टीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै भने, “नेकपाको साविक ४३५ सदस्यको आधा २१८ हो, अहिले नेकपाको पछिल्लो बैठकमा २९४ जनाको उपस्थिति छ । त्यसकारण मूल पार्टी र मूल घर नै हामी हौँ ।”

उनले संवैधानिक निकायले पनि प्रमाण र कानूनका आधारमा निर्णय गर्ने भएकाले पार्टीका नेता तथा कार्यकर्ता कोही पनि विचलित हुन नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले गरेको संसद विघटन संविधानविरोधी भएकाले संसद पुनःस्थापना हुने दाबी गरे। प्रधानमन्त्रीले असंवैधानिक गतिविधि गरेको भन्दै अदालतले व्यक्तिको अनुहार हेरेर निर्णय नगर्ने बताए।

कार्यक्रममा निर्वाचन आयोगका सदस्य विष्णुपुकार श्रेष्ठले नेपाली जनताले ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धिको रक्षाका लागि नेकपा पुनः एकपटक जनतामा जानुको विकल्प नभएको बताए ।

नेकपा वाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले अहिलेको लडाइँ विचारको भएको बताउँदै यो अग्रगमन कि पश्चगमन भन्ने विषयमा विचारधारात्मक संघर्ष भएको बताए ।

नेकपा केन्द्रीय सदस्य कल्पना धमलाले क्रान्तिको उपलब्धि गुम्ने खतरा बढेकाले एकपटक जनतामा जानुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा धादिङ घर भइ हाल काठमाडौँमा विभिन्न पेशा तथा व्यवसाय आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : ५६ बजे

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन

देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी

आज वैशाख शुक्ल नवमी : सीता जयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण