कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा जोर्डनमा एक पत्रकार पक्राउ « Khabarhub

कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा जोर्डनमा एक पत्रकार पक्राउ


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जोर्डनमा कोरोनाभाइरस खोप राज्यमा आएको र सरकारी अधिकारीहरूले उक्त खोप लगाइसकेको भनी भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकारलाई पक्राउ गरिएको छ ।

“सरकारी अधिकारीहरूले कोरोनाभाइरस खोप लगाएको भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार जमाल हद्दादलाई अनलाइन पत्रिका अलवाकाइका सम्पादकलाई बिहीबार पक्राउ गर्ने आदेश दिइएको छ,” राज्य सुरक्षा अदालतका अभियोजनकर्ताहरूले बताएका छन् ।

एएफपीले पाएको जानकारीमा देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको सरकारी अधिकारीले बताएका छन् ।

मुद्दाको सुनुवाईका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ । अल–वाकाईले मंगलबार प्रकाशित एउटा लेखमा “ “जनतालाई खोपको व्यवस्था के हुन्छ ? के फाइजर (खोप) गोप्य रूपमा आएको थियो, र जोर्डन सरकारका वरिष्ठ अधिकारीहरूलाई खोप दिइयो ? भन्नेबारे समाजलाई भड्काउने किसिमको समाचार सम्प्रेषण गरेको थियो ।

जोर्डनले डिसेम्बरको मध्यतिर फाइजर–बायोएनटेक कोरोनाभाइरस खोपको आपतकालीन प्रयोगलाई अनुमोदन गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका अधिकारी वाएल अल–हयाज्नेले बुधवार यो खोप जनवरीमा वा फब्रअरीमा राज्यमा आइपुग्ने बताएको छ ।समाचारमा खोप आइसकेको र उच्च पदस्थ अधिकारीले यसको प्रयोग गरिरहेको उल्लेख गरिएकोले यसले समाजलाई सरकारविरोधी गतिविधिमा उत्साहित गर्न भड्काउने उक्त अदालतको ठहर छ ।

उक्त देशका पत्रकारहरूको संगठनले हदादको तुरुन्त रिहाइको आह्वान गर्दै उनको गिरफ्तारीले ‘जोर्डनको छविलाई हानी पु¥याएको’ दावी गरेको छ । पत्रकारको विनाशर्त रिहाईका लागि पनि संगठनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ८ : २९ बजे

राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै

सरकारको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा सेनालाई खटाइएको हैन

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुम्वासी बस्तीमा डोजर

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले