आशंका गरिएका २ मध्ये १ जनामा कोरोना संक्रमण भएको पुष्टि « Khabarhub

आशंका गरिएका २ मध्ये १ जनामा कोरोना संक्रमण भएको पुष्टि


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । केही दिन अगाडि मात्रै १ जना ४८ वर्षीया महिला र २८ वर्षीया अर्का १ जना पुरुष गरी २ जनामा कोरोना भाइरस संक्रमणको आशंकामा स्याम्पल परीक्षणका हङकङ पठाइएको थियो ।

हङकङमा गरिएको परीक्षण पश्चात पुरुषमा कोरोनाको संक्रमण नभएको देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

स्याम्पल परीक्षणका लागि पठाइएकी महिलामा भने संक्रमण भएको भेटिएको अस्पताल स्रोतले जानकारी दियो ।

‘पछिल्लो समय १ महिला र १ पुरुषमा गरी २ जनामा कोरोना संक्रमणको आशंका गरिएको थियो । आशंकाका आधारमा स्याम्पल लिएर परीक्षणका लागि हङकङ पठाइएको थियो । हङकङमा गरिएको परीक्षणबाट महिलामा कोरोना भएको भेटियो भने पुरुषमा भने कुनै संक्रमण नभएको देखियो,’ अस्पताल स्रोतले खबरहबसँग भन्यो, ‘संक्रमण नदेखिएपछि पुरुषलाई डिस्चार्ज गरिएको छ ।’

कोरोनाको संक्रमण देखिएकी महिला केही दिन अगाडि चीनमा आयोजित एउटा कार्यक्रममा सहभागी भएर नेपाल फर्किएकी थिइन् ।

कोरोनाको संक्रमण देखिएकी महिलाको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ ।

यसअघि १ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ । जससँगै नेपालमा अहिलेसम्म २ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसको कारण चीनमा मात्रै अहिलेसम्म करिब ८१ जनाको मृत्यु भइसकेको छ । चीनमा मात्रै करिब २ हजार ७ सय ४४ जनामा यसको संक्रमण देखिएको छ ।

चीनसँगै जापान, थाइल्याण्ड, दक्षिण कोरिया, ताइवान, मकाउ, हङकङ, संयुक्त राज्य अमेरिका, सिंगापुर, मलेसिया, भियतनाम, फ्रान्स, अस्ट्रेलिया र नेपालमा यसको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ३ : ३८ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको