मिडिया काउन्सिल विधेयक पारित, नयाँ पत्रकारले अब लाइसेन्स जाँच दिनुपर्ने « Khabarhub

मिडिया काउन्सिल विधेयक पारित, नयाँ पत्रकारले अब लाइसेन्स जाँच दिनुपर्ने


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत पारित भएसँगै नयाँ पत्रकारले अब लाइसेन्स जाँच दिनुपर्ने भएको छ ।

समितिको सोमबार बसेको बैठकले सर्वसम्मतिले विधेयक पारित गरेको हो । विधेयकमा रहेको जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाइएको छ ।

विधेयकमा अहिले काम गरिरहेका पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने उल्लेख छ। तर नयाँ पत्रकारका हकमा भने लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्था छ ।

पत्रकारको लाइसेन्स परीक्षा, दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्थामा पत्रकारको रूपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन, सोको पाठ्यक्रम तथा न्यूनतम योग्यता निर्धारण काउन्सिलले तोकेबमोजिम हुनेछ भन्ने विधेयकमा उल्लेख छ।

पत्रकारिताका क्षेत्रमा कार्यरत पत्रकारको विवरण काउन्सिलले एक वर्षभित्र संकलन गरी अभिलेख राख्ने विधेयकमा व्यवस्था छ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ७ : २१ बजे

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने