च्याम्पियन्स लिगमा रियलबिरुद्ध म्यान्चेष्टर सिटीको ऐतिहासिक जीत « Khabarhub

च्याम्पियन्स लिगमा रियलबिरुद्ध म्यान्चेष्टर सिटीको ऐतिहासिक जीत


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनल अन्तरगतको पहिलो लिगको खेलमा म्यान्चेष्टर सिटीसंग रियल मड्रिड पराजित भएको छ ।

बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई २–१ गोल अन्तरले हराएको हो ।

रियलको घरेलु मैदानमा भएको पहिलो लिगको खेलमा जीत निकाल्दै सिटीले च्याम्पियन्स लीगको अन्तिम १६ मा आफुलाई बलियो बनाएको छ ।

खेलमा अग्रता घरेलु टोली रियलले ६० औं मिनेटमा ईस्कोको गोलबाट लिएको थियो । ७८ औं मिनेटमा ग्याब्रियल जिससले खेल बराबरीमा ल्याएका थिए । खेल सकिन ७ मिनेट बाँकी छदाँ केभिन डी ब्रुईनीले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा अघि बढाए ।

८६ औं मिनेटमा रियलका कप्तान सर्जियो रामोस रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोलीले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । गोलका लागि अघि बढेका जिससलाई लडाएपछि रामोसले रातो कार्ड प्राप्त गरेका थिए ।

च्याम्पियन्स लिगमा सिटीले रियल मड्रिडलाई पहिलो पटक पराजित गरेको हो । दोस्रो लिगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा मार्च १० मा हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ६ : २२ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको