मोवाइल पूरानो भयो, यसरी बनाउन सकिन्छ आफैंले नयाँ | Khabarhub Khabarhub

मोवाइल पूरानो भयो, यसरी बनाउन सकिन्छ आफैंले नयाँ


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्मार्टफोन स्लो भएर हैरान हुनेले फ्याक्ट्रि रिसेट गरेर मोवाइललाई नयाँ अवस्थामा नै पुर्‍याउन खोजेको पाइन्छ ।

कहिले काँहि गलत तरिकाले फ्याक्ट्रि रिसेट गर्दा फोनमा रहेको सबै डाटा डिलिट हुने पनि गर्दछ । यसरी स्मार्टफोनलाई फ्याक्ट्रि रिसेट गर्दा हुने गल्तीबाट बच्न तल केहि उपायहरु उल्लेख गरिएको छ ।

पहिले प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई फ्याक्ट्रि रिसेट गर्दा फोनमा भएको सबै डाटा डिलिट हुने छ भन्ने जानकारी हुनु पर्नेछ । डाटासँगै फोनमा रहेको एप्स, सेटिंग्स तथा पासवर्ड सबै डिलिट हुनेछ ।

फ्याक्ट्रि रिसेटपछि प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई किन्दाको अवस्थामा भएजस्तै पाउने छन्। त्यसैले फोनलाई फ्याक्ट्रि रिसेट गर्नुपहिले ब्याकअप लिनु पर्नेछ ।

आफ्नो फोनलाई जहिले फ्याक्ट्रि रिसेट गर्नुपरे पनि ब्याकअप लिन भुल्नु हुँदैन । त्यस्तै प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा रहेको डाटालाई कुनै अर्को मोबाइल वा ल्यापटमा सेभ गर्न पनि सक्ने छन् ।

यसबाहेक डाटालाई मेमोरी कार्डमा सेभ गर्न पनि सकिन्छ । याद रहोस् प्रत्येक स्मार्टफोनको अपरेटिंग सिस्टम अलग अलग हुने गर्दछ त्यसैले स्मार्टफोनलाई रिसेट गर्नका लागि अलग /अलग सेटिंग्स हुने गर्दछ ।

फोनलाई रिसेट गर्नका लागि फोनको सेटिंग्समा गएर प्राईभेसी वा ब्याकअप एन्ड रिसेट विकल्पमा गएर फ्याक्ट्रि रिसेटलाई सेलेक्ट गर्नुपर्दछ।यसपछि रिसेट फोनमा क्लिक गर्नुपर्नेछ । जसबाट प्रयोगकर्ताको स्मार्टफोन रिसेट हुनेछ ।

प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोनलाई पटकपटक फ्याक्ट्रि रिसेट गर्दा फोनको इन्टरनल स्टोरेजमा गलत प्रभाव पर्न सक्ने छ । त्यसैले निकै आवश्यक रहेको बेलामात्रै फ्याक्ट्रि रिसेट गर्ने गरौं ।

सावधानीपूर्वक फ्याक्ट्रि रिसेट गर्दा पूरानो मोवाइल पनि नयाँ झै गज्जवले चल्छ । सिस्टमले राम्रो काम गरेपछि तपाईले खुइलिएको वा विग्रिएको अवस्थाको कभरलाई पनि चेन्ज गरेर नयाँ ब्राण्डको मोवाइल झैं देखाउन सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ७ : ४७ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’