प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता, प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता, प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

दुवै नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टासम्म छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

दुवै नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टासम्म छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि खबरहबसँग कुरा गर्दै नेता डा. कोइरालाले भने, ‘पछिल्लो समयका विभिन्न प्रकरणले सरकारका विषयमा धेरै प्रश्न उठेका छन् । यस्तो अवस्थामा तपाईंले राजीनामा दिनु उपयुक्त हुन्छ भन्ने सल्लाह दिएँ । जवाफमा उहाँले प्रतिपक्षीको भूमिका मु बुझ्छु भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट आफूविरुद्ध विभिन्न षड्यन्त्रहरु भइरहेको भन्दै दुखेसो पोखेको पनि कोइरालाले सुनाए ।

भेटका क्रममा प्रधानमन्त्री ओली चिन्तित देखिएका पनि कोइरालाको भनाइ छ । ‘मुलुकप्रति उहाँको चिन्ता देखियो । अझै पनि सहकार्यबाटै मुलुकलाई समृद्धितर्फ लैजान सकिन्छ भन्नेमा नै उहाँले जोड दिनुयभो,’ कोइरालाले भने ।

कांग्रेस नेता कोइरालाले कुनै एक जना व्यक्तिका लागि संविधान संशोधन गर्ने कुरा उपयुक्त नहुने सुझाव आफूले प्रधानमन्त्रीलाई दिएको बताए ।

बुधबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका हालका अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि सकिन लाग्दा उनको ठाउँमा गौतमलाई नियुक्तिका लागि सिफरिस गर्न अनुरोध गर्ने नेकपाले निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्री ओलीले भने आफूलाई घेराबन्दी गर्नेगरी गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिसका लागि अनुरोध गर्ने निर्णय भएको भन्दै त्यसलाई नमान्ने बताएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : ३५ बजे

नेत्रविक्रम चन्द ‘विप्लव’ भन्छन्– ‘चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ’ 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुनाव, संसद्

कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण

काठमाडौं– कुमारी बैंक लिमिटेडले शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

मनाङ– भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ । हिउँमा

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

पर्वत– यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ

चिसो मौसममा हृदयघातको जोखिम 

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । तिहारसम्म गर्मी महसूस