आन्तरिक अन्तरविरोधका बीच नेकपाका २ अध्यक्षसहित शीर्ष नेताहरु एउटै मञ्चमा « Khabarhub

आन्तरिक अन्तरविरोधका बीच नेकपाका २ अध्यक्षसहित शीर्ष नेताहरु एउटै मञ्चमा


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी भित्रको अन्तरविरोधले कार्यकर्ता पंति तरंगित भइरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २ अध्यक्षसहित शीर्ष नेताहरु एउटै मञ्चमा देखिएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वरिष्ठ नेता माधव कुमार नेपाल, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत शीर्ष नेता एउटै मञ्चमा देखिएका हुन् ।

नेकपाको वाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेकपाका दुवै अध्यक्षसहित शीर्ष नेताहरु सहभागी भएका हुन् ।

प्रशिक्षण कार्यक्रमलाई पार्टी अध्यक्षद्वय ओली र प्रचण्डसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

बिहीबार दिउँसो काठमाडौंको सिंहदरबार नजिकको एक पार्टी प्यालेसमा शुरु भएको प्रशिक्षण कार्यक्रममा नेकपाका शीर्ष नेताहरुसहित प्रदेश कमिटीका गरी २ हजार १ सय जनालाई बोलाइएको छ ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले पार्टी उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने निर्णय गरेपछि नेकपाभित्र तरंग सिर्जना भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूलाई घेराबन्दी गर्न गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गराउने प्रस्ताव ल्याइएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्ने बताउँदै आएका छन् । पार्टी सचिवालयका बहुमत सदस्यहरु भने पार्टीले गरेको निर्णय जसरी पनि कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १ : ३४ बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने