आन्तरिक अन्तरविरोधका बीच नेकपाका २ अध्यक्षसहित शीर्ष नेताहरु एउटै मञ्चमा « Khabarhub

आन्तरिक अन्तरविरोधका बीच नेकपाका २ अध्यक्षसहित शीर्ष नेताहरु एउटै मञ्चमा


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी भित्रको अन्तरविरोधले कार्यकर्ता पंति तरंगित भइरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २ अध्यक्षसहित शीर्ष नेताहरु एउटै मञ्चमा देखिएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वरिष्ठ नेता माधव कुमार नेपाल, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत शीर्ष नेता एउटै मञ्चमा देखिएका हुन् ।

नेकपाको वाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेकपाका दुवै अध्यक्षसहित शीर्ष नेताहरु सहभागी भएका हुन् ।

प्रशिक्षण कार्यक्रमलाई पार्टी अध्यक्षद्वय ओली र प्रचण्डसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

बिहीबार दिउँसो काठमाडौंको सिंहदरबार नजिकको एक पार्टी प्यालेसमा शुरु भएको प्रशिक्षण कार्यक्रममा नेकपाका शीर्ष नेताहरुसहित प्रदेश कमिटीका गरी २ हजार १ सय जनालाई बोलाइएको छ ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले पार्टी उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने निर्णय गरेपछि नेकपाभित्र तरंग सिर्जना भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूलाई घेराबन्दी गर्न गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गराउने प्रस्ताव ल्याइएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्ने बताउँदै आएका छन् । पार्टी सचिवालयका बहुमत सदस्यहरु भने पार्टीले गरेको निर्णय जसरी पनि कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १ : ३४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल