धुर्मुसको रणनीति: समय नदिएर झुर फिल्म बनाउने, भंयकर प्रचार गर्ने ! « Khabarhub

धुर्मुसको रणनीति: समय नदिएर झुर फिल्म बनाउने, भंयकर प्रचार गर्ने !


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीताराम कट्टेल उर्फ धुर्मुसको फिल्म ‘सेन्टीभाइरस’ हेरेका दर्शकले भन्छन् – यो फिल्म खासै राम्रो छैन ।

तर, फिल्मले व्यापार भने गरिरहेको छ । फिल्म चलाउन कलाकारको जम्बो टोली हल–हलमा पुगेको छ । चितवनमा निर्माणाधीन रंगशालाका लागि सहयोगार्थ भन्दै प्रचार गरिरहेको छ । दर्शकले पनि धुर्मुसको ‘नारा’ मा सहमति जनाउँदै फिल्मको टिकट काटिरहेका छन् । स्कूल नै ओइरिएर फिल्म हेर्न आइरहेका छन् । हल बूकिङ गरिरहेका छन् ।

दर्शकको अगाडि गएर धुर्मुसले फिल्म हेर्दै भन्छन् – दर्शकले मन पराइदिनुभयो । हामीलाई निकै खुशी लागेको छ ।

फिल्मको मार्केटिङ गर्न माहिर देखिएका धुर्मुसले फिल्म रिलिजपूर्व पनि हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ र ‘मेरी बास्सै’ मार्फत फिल्मको प्रचार गरेका थिए । प्रचारको शैली यस्तो थियो, मानौं, धुर्मुस भनेका बस्ती बनाइदिने गरीबहरुका भगवान हुन् ।

यसरी प्रचार गरिएको फिल्मले रिलिजको दिन नै दर्शक बटुल्यो । हलसम्म दर्शक ओसार्न यो फिल्म सफल पनि देखियो । तर, दर्शक र समीक्षकलाई फिल्म दमदार लागेन ।

प्रचारका क्रममा मिडियामा धुर्मुसले भनेका थिए – समय दिन नसक्दा फिल्मले भनेजस्तो बन्न सकेको छैन ।

फिल्म हेरेका सेलिब्रेटीले पनि ‘सेन्टीभाइरस’ चित्तबुझ्दो नभएको प्रतिक्रिया दिइरहेका छन् । तर, धुर्मुसले भने सस्तो फिल्मको महंगो प्रचार गरिरहेका छन् । प्रचारमा यति बिघ्न खटिनुभन्दा थप केही समय लगाएर बरु फिल्म नै राम्रो बनाएको भए दर्शकलाई कमसेकम राहत त हुने थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  २ : २३ बजे

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

काठमाडाैँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे

म्याग्दी- म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।