पेट्रोल र डिजेलको मूल्य बढ्ने, विकास कर ५ बाट बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय « Khabarhub

पेट्रोल र डिजेलको मूल्य बढ्ने, विकास कर ५ बाट बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पेट्रोल र डिजेलमा लगाउँदै आएको विकास करलाई ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ पुर्‍याएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सरकारको प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले पेट्रोलियम पदार्थको आयातमा लिइने गरिएको विकास कर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ पुर्‍याइएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोलियम पदार्थको आयातमा प्रतिलिटर ५ रुपैयाँ विकास कर लिने निर्णय गरेको थियो ।

सरकारले विकास करको दर प्रतिलिटर ५ रुपैयाँबाट १० रुपैयाँ पुर्‍याएपछि अब पेट्रोल र डिजेलको मूल्य समेत बढ्ने भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ३ : ३० बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स