शिक्षकसँग ३० हजार घुस लिने प्रधानाध्यापक पक्राउ « Khabarhub

शिक्षकसँग ३० हजार घुस लिने प्रधानाध्यापक पक्राउ


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्रधानाध्यापक घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।

भैरव मावि नौमुलेका प्रअ. नगेन्द्र बहादुर सिंहलाई अख्तियारको टोलीले तीस हजार घुससहित नियन्त्रणमा लिएको हो ।

प्रअ सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले उक्त विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि पटक-पटक शिक्षकसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा सुर्खेतबाट खटिई गएको टोलीले तीस हजार घुस लिइसकेको अवस्थामा सिंहलाई नौमुले गा.पा. वडा नं. १ स्थित एनएमबी बैंक नौमुले शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ३ : ५३ बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स