दुर्घटनामा परेर गम्भीर घाइते माले महासचिव मैनालीलाई ग्राण्डी अस्पताल लगियो « Khabarhub

दुर्घटनामा परेर गम्भीर घाइते माले महासचिव मैनालीलाई ग्राण्डी अस्पताल लगियो


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गरी गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएका घाइतेलाई काठमाडौंको ग्राण्डी हास्पिटल लगिएको हो । मैनालीको अवस्था गम्भीर रहेको कारण बर्दिबासमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

नेपाली सेनाको ठूलो हेलिकोप्टर ग्राण्डी अस्पतालमा ल्याण्ड हुन नसक्ने भएपछि घाइते मैनाली सवार हेलिकोप्टरलाईलाई त्रिभुवन विमानस्थलमा अवतरण गराई अस्पताल लगिएको हो ।

विमानस्थलमा ग्राण्डी अस्पतालबाट डा सुरज ज्ञवालीको टीम पुगेको थियो ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो ।

दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ४ : २९ बजे

लैनचौर दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक

काठमाडौँ– काठमाडौँको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु

जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष