खैरो हिरोइनसहित पक्राउ परेका यती समूहका शेर्पा जेल चलान « Khabarhub

खैरो हिरोइनसहित पक्राउ परेका यती समूहका शेर्पा जेल चलान


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  खैरो हिरोइन तथा विभिन्न लागुऔषधसहित पक्राउ परेका यती समूहका सदस्य नवाङ पासाङ शेर्पासहित चारै जना पूर्पक्षका लागि जेल चलान भएका छन् ।

विहीबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । नवाङ पासाङ यती समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका छोरा हुन् ।

प्रहरीले  शेर्पा पक्राउ परेको विषयलाई करिब एक महिनासम्म गोप्य राखेको थियो । यसअघि पनि नवाङ पासाङ शेर्पालाई नक्कली पाइलट लाइसेन्स लिएको आरोप लागेको थियो ।

गत माघ १८ गते प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा शेर्पासहित राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरुलाई काठमाडौं महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट प्रहरीले १०० मिलिग्राम खैरो हेरोइन, १० ट्याबलेट नाइट्रोजन, ६ पिस डाइजेपाम, नोफिन २ पिस, फेनगोजान ३९ पिस र १२ थान सिरिन्ज समेत बरामद गरेको थियो ।

पक्राउ परेका शेर्पाबाहेक तीन बुधबार जिल्ला अदालतमा बयान भएको थियो भने शेर्पाको विहीबार (आज)  बयान लिइएको हो।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ६ : ३६ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट