राष्ट्रपति भण्डारीद्वारा दार्चुलाको मालिकार्जुन मन्दिरमा पूजा अर्चना  « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा दार्चुलाको मालिकार्जुन मन्दिरमा पूजा अर्चना 


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- बुधबारबाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ गरेकी छिन् ।

राष्ट्रको सातौँ धामका रूपमा रहेको मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारीले विशेष पूजापाठ गरेकी हुन् ।

राष्ट्रपतिको भ्रमणमा सुदूरपश्चिम प्रमुख शर्मिलाकुमारी पन्त र प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि सहभागी भएका थिए । राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीलगायतले स्वागत गरेका थिए ।

मालिकार्जुन मन्दिर सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तीर्थस्थल हो । भगवान् शिवका १२ ज्योतिर्लिङ्गमध्ये दोस्रो ज्योतिर्लिङ्ग मालिकार्जुनलाई मानिन्छ । यस क्षेत्रमा दार्चुला जिल्लाका साथै सुदूरपश्चिम र भारत उत्तराखण्डका नागरिकले आराध्यदेवका रुपमा मालिकार्जुनको पूजापाठ गर्छन् ।

सरकारले पर्यटकीय गन्तव्यको एक सय सूचीमा यसलाई समावेश गरेको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा राष्ट्रपतिको भ्रमणले स्थानीयस्तरमा खुशीयालीसमेत छाएको शिक्षक भुवन डागाले बताए ।

मन्दिरमा हरेक वर्ष आश्विन र नवरात्रिभरि शिव र शक्तिको पूजा हुने गरेको छ । नौरथा पर्वमा यस क्षेत्रका हजारौँ भक्तजन मन्दिरमा पूजाका लागि सहभागी हुन्छन् ।

मालिकार्जुनको बासस्थान शैल्यशिखर पर्वतमा रहेको मन्दिरका मुखिया रुद्रसिंह धामीले बताए ।  शैल्यशिखर मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमामा पर्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ७ : ३३ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती