वीरगञ्ज चिनी कारखानाको ६ बिघा जग्गा बिक्रीका लागि स्वीकृित | Khabarhub Khabarhub

वीरगञ्ज चिनी कारखानाको ६ बिघा जग्गा बिक्रीका लागि स्वीकृित


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको ६ बिघा जग्गा बिक्रीका लागि स्वीकृित प्रदान गरेको छ ।

यही फागुन ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पर्सास्थित वीरगञ्ज महानगरपालिका वडा नं १४ मा रहेको कित्ता नं ११३१ को १०–६–४ बिघामध्ये ६ बिघा जग्गा बिक्री गर्न स्वीकृति दिएको हो ।

यसैगरी सरकारले  पोखरा मनपा–३ र ११ जोड्ने सेती नदी माथिको पुल निर्माण गर्दा आवश्यक पर्ने ३७७.५० वर्गमिटर क्षेत्रफल जग्गा प्राप्तिको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति दिइएको छ ।

यही फागुन २६ देखि आगामी चैत्र ७ सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय आयोग (सिएसडब्लु) को ६४औँ सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागिताका लागि स्वीकृति दिइएको छ ।

बैठकले नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । बहुप्राविधिक महाविद्यालय निर्माण र सञ्चालनार्थ सिन्धुपाल्चोकको चौतारा–साँगागढीचोकगढी नगरपालिका–५ स्थित आहालडाँडा सामुदायिक वन क्षेत्रसहित राष्ट्रिय वन क्षेत्रको ०.८९७० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख र पोल तगा बिरुवा हटाउन स्वीकृति दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ७ : ५१ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र