संविधानले सुम्पेको जिम्मेवारीमा नेपाली सेना अडिग : प्रधानसेनापति थापा « Khabarhub

संविधानले सुम्पेको जिम्मेवारीमा नेपाली सेना अडिग : प्रधानसेनापति थापा


१५ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना इतिहासदेखि आजसम्म आफ्नो कर्तव्यमा अडिग र अविचलित रहँदै नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीहरु निर्वाह गर्दै आएको बताएका छन् ।

आज नेपालगन्जस्थित चारबाहिनी ब्यारेकमा आयोजित भूतपूर्व नेपाली सैनिकको तेस्रो चरणको पाँचौँ सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति थापाले भने, ‘‘हाम्रा पूर्खाहरुको रगत र पसिना तथा बलिदानद्वारा रचित सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न हामी सेवारत र सेवानिवृत्त सैनिकहरु सदैव समर्पित रहेका छौँ र रहनु पर्दछ ।’’

राष्ट्रिय एकता नै नेपाली सेनाको शक्ति र सुरक्षाको प्रमुख आधार भएको उल्लेख गर्दै प्रधानसेनापति थापाले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको बताए ।

उनले देशमा पहिचान भएका ऐतिहासिक धरोहरहरुको मर्मतसम्भार गर्ने, युद्ध सङ्ग्रालय संस्कृतिको विकास गर्ने तथा नेपाल भ्रमण वर्षलाई समेत टेवा पु¥याउने उद्देश्यले यस वर्ष सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय निर्माण, काभे्रको पृथ्वीगढी थुम्कामा भ्यू प्वाइन्ट निर्माण तथा पाल्पा दरवारमा शस्त्रअस्त्र कक्ष निर्माण कार्य शुरु भएको जानकारी दिए ।

बारामा यसै वर्षबाट युनिफिकेशन मेमोरियल पार्क निर्माण कार्यको थालनी गरिएको पनि उनले जानकारी दिए ।

प्रधानसेनापति थापाले सेवानिवृत्त भएका पूर्व सैनिकहरुको आर्थिक सामाजिक जीवनस्तर अभिवृद्धिका लागि सैनिक कल्याणकारी कोषबाट शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार तथा सुविधार र सहुलियतलाई बढाउँदै लगिएको र यसलाई पूर्व सैनिकको घरदैलामै पु¥याउने गरी सेवा विस्तार र विविधीकरण गरिएको बताए ।

हाल नेपाली सेनामा सकल दर्जाका गरी करिब ८५ हजार सेवानिवृत्त छन् हितकारीको सङ्ख्या करिब आठ लाख रहेको छ ।

सो अवसरमा प्रधानसेनापति थापाले घाइते भएका भूतपूर्व सैनिकलाई ह्वीलचेयर र वैशाखी वितरण गर्नुका साथै सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित लघुकर्जा लिन इच्छुक एकल महिला एवं सैनिक परिवारका सदस्यलाई चेक हस्तान्तरण गरेका थिए ।

सम्मेलनमा सहभागी बाँके, बर्दिया र हुम्लाका सेवानिवृत्त सैनिक र तिनका परिवारहरुसँग प्रधानसेनापति थापाले सामूहिक र एकल रुपमा भेट गरी उनीहरुका समस्या अवगत गरेका थिए ।

सम्मेलनमा बलाध्यक्ष रथी गौरव तण्डुलले सैनिक कल्याणकारी कोषमा हालसम्म जम्मा भएको रु ५० अर्बबाट विभिन्न कल्याणकारी सेवामा लगानी गरिएको उल्लेख गर्दै भूतपूर्व सैनिकबीचको सम्बन्धलाई अझ कसिलो र नजिक बनाउन यस किसिमको सम्मेलन निकै उपयोगी रहने बताए ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपसभापति सहायक रथी(अवकाशप्राप्त) केशवबहादुर भण्डारी र अवकाश प्राप्तबाटतर्फबाट रथी नेपालभूषण चन्दले पूर्व सैनिकले देश र जनताका लागि बगाएको रगत र पसिनाको कदर गरी सञ्चालन गरिएका विभिन्न कल्याणकारी काम बारेमा प्रकाश पारेका थिए ।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्मसम्मान तथा समृद्धिको’ आधार भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा ५ नं प्रदेशका विभिन्न जिल्लाको कृति, वेशभूषा झल्किने गरी मयुर नाच, थारु, लाठी, सराय नाच प्रस्तुत तथा मार्चपास र सैनिक कला प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  १० : १५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र