पुनःनिर्माणमा रोकिएन अनियमितता « Khabarhub

पुनःनिर्माणमा रोकिएन अनियमितता


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूकम्पपछिको पुनःनिर्माणमा सार्वजनिक रुपमा भएको अनियमितता रोक्न नसकिएको सरोकारवालाहरुले स्वीकार गरेका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले आज काठमाडौंमा  आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार, धारणा, समस्या र सुझाव’ विषयक छलफलमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले केही पीडितले रु तीन लाख अनुदान लिएर आधा रकममा एक कोठे भवन बनाएको पाइएको सुनाए ।

भूकम्प प्रभावित धेरै जिल्लामा यस्ता उदाहरण धेरै भए पनि प्राधिकरण लगायत पुनःनिर्माण संलग्न निकायले यसलाई रोक्न भने सकेनन् ।

प्राधिकरणले तीन पटकसम्म पुनःजाँच गरिसकेकाले अब गर्न नसकिने उल्लेख गर्दै उनले लाभग्राहीमा नपरी चित्त नबुझे पुनरावेदन समितिमा उजुरी गर्न सकिने व्यवस्था रहेको जानकारी गराए ।

टिआइ नेपालका अध्यक्ष एवं पूर्वसचिव खेमराज रेग्मीले भूकम्प प्रतिरोधी बलियो घर बनानउ अनुदान दिइएका पुरानै खाले एक कोठे घर बनाएर सार्वजनिक रुपमा भएको अनियमितता पहिल्यै ध्यान दिएको भए रोक्न सकिनेतर्फ प्राधिकरणको ध्यानाकर्षण गराए ।

टिआइ नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बलियो घर निर्माणका लागि प्राविधिक सहयोग सरकारले प्रोत्साहन स्वरुप मात्र रु तीन लाख अनुदान दिएकामा घर निर्माण पूरै त्यही रकमले सकिनुपर्ने धारणा भूकम्प पीडितमा विकास भएको बताए ।

कार्यक्रममा टिआइ नेपालका वरिष्ठ अधिकृत विनोद भट्टराई भूकम्प पीडितलाई खर्बौं रुपैयाँ बाँड्दा भ्रष्टाचार नहुने गरी व्यवस्था मिलाउनु सकारात्मक भएको सुनाए ।

टिआइ नेपालले आजै काठमाडौँ महानगरपालिका–८ को जयवागेश्वरी र ९ को गौशाला, ललितपुर महानगरपालिका–२१ को खोकना, गोदावरी नगरपालिका वडा नं. ११ को चापागाउँ, भक्तपुर नगरपालिका वडा नं. ४ को भक्तपुर दरबार स्क्वायर र सूर्यविनायक नगरपपालिका वडा नं. ७ को गुण्डुमा सर्वसाधारणबाट भूकम्पपछिको पुनःनिर्माणका बारेमा स्थानीयवासीसँग सुझाव सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १० : ०० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि