कोरोनाका कारण अमेरिका-दक्षिण कोरियाबीचको सैन्य अभ्यास स्थगित « Khabarhub

कोरोनाका कारण अमेरिका-दक्षिण कोरियाबीचको सैन्य अभ्यास स्थगित


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल– अमेरिका र दक्षिण कोरियाबीच निकट भविष्यमै हुन लागेको संयुक्त सैन्य अभ्यास स्थगित भएको छ । कोरियामा प्राणघातक कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै दुबै मुलुकले सैन्य अभ्यास स्थगित गर्ने घोषणा गरेका हुन् ।

कम्बाइन्ड फोर्सेज कमान्ड (संयुक्त सैन्य कमान्ड) ले जारी गरेको पछिल्लो विज्ञप्तिमा कोरियाले कोरोना संक्रमणको स्तर निकै गम्भीर मोडमा पुगेको जानकारी गराएकाले अर्को सूचना प्रकाशन नहुँदासम्म संयुक्त सैन्य अभ्यास स्थगित गर्नु परेको उल्लेख छ ।

कोरियाली प्रायःद्वीपमा आणविक अस्त्रको सम्भावित होडबाजीबीच सुरक्षाका लागि दक्षिण कोरियामा हाल संयुक्तराज्य अमेरिकाका करिब २८ हजार ५०० सैन्य तैनाथ छन् । अमेरिका बाहिर कोरियामा सबैभन्दा ठूलो संख्यामा अमेरिकी सेना तैनाथ छ ।

यद्यपी उत्तर कोरियासँगको सम्बन्ध सामान्यीकरण गर्ने र आणविक अस्त्र त्याग्न लगाउने प्रयास स्वरुप पछिल्ला केही समयदेखि संयुक्त सैन्य अभ्यासको संख्यामा कटौती गरिएका छन् । उत्तर कोरियाले भने विगत लामो समयदेखि अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै आएको छ ।

कोरियाली सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबार अरु ५०० भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको जनाएको छ ।

कोरोनाकै कारण कोरियामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । कोरियामा हालसम्म एक हजार ७७६ जनामा कोरोना संक्रमण भएको केन्द्रले जनाएको छ । चीनबाहिर यति ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएको कोरिया नै हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ९ : ३० बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र