सिरिए ए फुटबल पुन: सुचारु गर्ने तयारी, मे ४देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुने « Khabarhub

सिरिए ए फुटबल पुन: सुचारु गर्ने तयारी, मे ४देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटाली-कोरोना भाइरसको महामारीले सबैभन्दा नराम्रोसँग प्रभावित बनेको इटालीमा खेलकुद गतिविधि शुरु हुने भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको सिरी ए फुटबलका खेलहरु पुनः सुचारु गर्ने तयारी भएको छ । जसका लागि पहिलो चरणमा आगामी मे ४ देखि टिमहरु व्यक्तिगत प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

इटालीमा लकडाउन खुकुलो पार्ने प्रकृया सुरु भएसँगै मे ४ देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुन पाउने भएका हुन् । यस्तै मे १८ देखि टिम प्रशिक्षण गर्न पाइने भएको छ ।

रोकिएका सिरी ए का खेलहरु मे २७ देखि जुन २ को बीचमा शुरु हुने आशा गरिएको छ । यो सिजन अगस्टको सुरुवातमा अन्त्य गर्ने तयारी रहेको छ ।

तर सिरी ए फुटबलका खेल बन्द रंगशालमै पनि कहिलेदेखि सुरु हुनेछ भन्ने औपचारिक घोषणा भने अझै गरिएको छैन ।

इटालीमा आइतबार कोरोना भाइरसका कारण २६० जनाको ज्यान गयो । यो मार्च १४ यताकै सबैभन्दा कम हो ।

इटलीमा अहिलेसम्म कोरोनाका कारण २६ हजार ६ सय भन्दा धेरैले ज्यान गुमाएका छन् भने १ लाख ९७ हजार ६ सय मानिस कोरोना संक्रमणका कारण प्रभावित भएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : १७ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।