आर्चरको हराएको मेडल भेटियो « Khabarhub

आर्चरको हराएको मेडल भेटियो


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यान्डका तिव्र गतिका बलर जोर्फा आर्चले हराएको विश्वकप मेडल भेटिएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटर मार्फत मेडलको तस्बिर सार्वजनिक गर्दै उक्त ऐतिहासिक मेडल भेटिएका जानकारी दिएका हुन् ।

`क्रमैसँग खोज्दै जाँदा गेष्ट रुममा भेटियो, वुम,´ आर्चरले लेखेका छन्। केही समय अगाडि नयाँ ठाउँमा घर सारेको र घर सार्ने क्रममा मेडल हराएको उनले बताएका थिए।

नयाँ घरमा लिइएको तस्बिरमा मेडल देखिएपनि पछि राखिएको ठाउँमा नभएपछि चिन्तित बनेका थिए।

उनले विश्वकप मेडल हराएको बताए पछि उनका प्रशंसकले समेत दु:ख व्यक्त गरेका थिए ।

इग्ल्यान्डले घरमै भएको विश्वकप उपाधी उचाल्दा आर्चर सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनको नाममा २० विकेट रहेका थियो ।

गत वर्षको जुलाईमा लड्समा भएको विश्वकप फाइनलमा आर्चरले न्यूजिल्यान्डविरुद्ध सुपर ओभरमा बलिङ गरेका थिए।

सुपर ओभरमा अविस्मरणीय प्रर्दशन गर्दै आर्चरले उपाधि घरमै राख्न महत्वपूर्ण योगदान दिएका थिए।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १२ : ३७ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण