यूएईमा रोजगारी गुमेपछि नेपाली श्रमीक समस्यामा, दूतावास जाँदा भेटिन्नन् राजदूत « Khabarhub

यूएईमा रोजगारी गुमेपछि नेपाली श्रमीक समस्यामा, दूतावास जाँदा भेटिन्नन् राजदूत


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले प्रवासमा रहेका नेपाली श्रमिकलाई अप्ठेरो परे सम्वन्धित मुलुकमा रहेको नेपाली दूतावासले सेल्टर समेत दिने बताइरहँदा यूएईमा अलपत्र परेका नेपालीले राजदूतलाई समेत भेट्न नपाएको गुनासो गरेका छन् ।

यूएईको अवुदावीमा कार्यरत काभ्रेका नेपाली युवा इश्वर थपलियाले आफू दोस्रो पटक दूतावास धाउँदा पनि समस्या समाधान हुन नसकेको गुनासो गरेका छन् ।

थपलियाले फेसबुकमा लेखेको स्टाटस

‘९ बजेर ३० मिनेटमा खुल्नुपर्ने दूतावास कार्यालय १० बजेसम्म पनि बन्दै भएको पाए बल्तल्ल गेटभित्र छिरे,’ उनले भने, ‘एक जना कर्मचारीले रेस्पोन्स त गरे तर राजदूतलाई भेटिन राजदूत कतिबेला आउँछन् भन्दा पनि कर्मचारीहरु नाजवाफ छन्।’

मेक्स कम्पनीमा कार्यरत उनी र उनीजस्ता दर्जनौं श्रमिक कोरोना भाइरसको महामारीपछि २ महिनादेखि अप्ठेरोमा परेका छन् ।

थपलियाका अनुसार अहिले त्यहाँ खान बस्न नै समस्या भइसकेको छ । ‘घरबेटीले भाडा नदिइ राख्दैन, कोठा अलपत्र छ,’ उनले भने, ‘हाम्रो फेमेली भनेकै एम्बेसी हो केही खर्चको व्यवस्थापन गरिदिए हुन्थ्यो ।’

हाल यूएईमै रहेर आप्रवासीहरुको हकहितका लागि काम गर्दै आएकी अधिकारकर्मी आशा लामाले यूएई मात्रै नभएर प्रवासमा रहेका नेपालीहरु समस्यामा परेको बताइन् ।

उनले भनिन् ‘कतिपय समस्या त बनिबनाउ पनि हुन्छन् त्यति हुँदा हुँदै पनि विदेशस्थित नेपाली नियोगहरुले राम्रो रेस्पोन्स नगर्दा नेपालीहरु अप्ठेरोमा परेको सत्य हो ।’

हाल यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल छन् । उनीसँग सामाजिक सञ्जालमार्फत सम्पर्कको प्रयास गर्न खोजिए पनि सम्पर्क हुन सकेन ।

सरकारले भने तत्कालै उद्धार गर्नुपर्ने नेपालीहरुको पहिचान गरी सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा समिति गठन गरेकाले सोही समितिको सिफारिस पर्खदै आएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १ : २४ बजे

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’