ओली र नेपालबीच भेट वार्ता « Khabarhub

ओली र नेपालबीच भेट वार्ता


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट वार्ता भएको छ ।

दुई नेताबीच सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

नेता नेपालनिकट स्रोतका अनुसार करिब १ घन्टा दुई नेताबीचको एक्लाएक्लै छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

ओली र नेता नेपाल पक्षबीच आज निर्णयक वार्ता र छलफल हुँदैछ ।

त्यसका लागि दुबैपक्षबाट चारचार जना नेतालाई जिम्मेवारी दिइएको छ । जसमा ओली पक्षबा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन् ।

त्यस्तै नेपाल पक्षबाट बरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई तोकिएको जनाइएको छ ।

पछिल्लो शक्ति संघर्षमा नेता नेपाल निर्णायक भएपछि प्रधानमन्त्री ओलीले सहमति गरेर अघि बढ्ने प्रस्ताव आफू निकट नेता मार्फत नेपालसमक्ष राखेका छन् ।

नेकपामा केही दिनयता चर्को विवाद देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना ढंगले चल्न खोजेको भन्दै अर्का अध्यक्ष प्रचण्ड र नेता नेपालसमूहले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएको छ ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनेसमेत तयारी भएपछि नेकपाभित्रको विवाद उग्र बनेको हो ।

यसअघि हिजो प्रचण्डसहित नेता नेपाल निवास कोटेश्वरमा बसेको आफू नकिटका स्थायी कमिटी सदस्यहरुको बैठकले ओलीलाई बैठक आह्वान गर्न दबाव दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १ : ४० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको