कञ्चनपुरमा एक हजार ७०८ जनाको कोरोना जाँच | Khabarhub Khabarhub

कञ्चनपुरमा एक हजार ७०८ जनाको कोरोना जाँच


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा एक हजार ७०८ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ ।

गत चैत २७ गतेदेखि शुरु गरिएको र्‍यापिडटेष्टमा दुईजना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ । पोजेटिभ नतिजा आएका दुईजनाको स्वाब सङ्कलन गरी पिसिआर विधिबाट परीक्षण गर्दा उनीहरुको नजिता पनि नेगेटिभ आएको छ ।

भारतबाट फर्केका व्यक्तिको सबैभन्दा बढी र्‍यापिड टेष्ट गरिएको छ । तेस्रो मुलुकबाट फर्केका र कोरोनाको सङ्क्रमण दर उच्च रहेका भारतीय शहर मुम्बै, दिल्ली र राजिस्थानलगायतका क्षेत्रबाट फर्केका व्यक्तिको र्‍यापिड टेष्ट गरिएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना भाइरस फोकल पर्सन सिद्धराज भट्टका अनुसार सुरक्षामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको समेत र्‍यापिड टेष्ट गरिएको छ ।

भीमदत्त नगरपालिकामा ५९०, बेदकोट नगरपालिकामा ३५२, शुक्लाफाँटा नगरपालिकामा १७३, कृष्णपुर नगरपालिकामा १५२ जनाको र्‍यापिड टेष्ट विधिबाट परीक्षण गरिएको छ ।

यसैगरी, पुनर्वास नगरपालिकामा १९१, बेलौरी नगरपालिकामा १७९, महाकाली नगरपालिकामा १५४, लालझाडी गाउँपालिकामा ६२ र बेलडाँडी गाउँपालिकामा २६ जनाको पनि टेष्ट गरिएको छ ।

कतार, दुवइ, साउदी अरेबिया, मलेसियालगायत मुलुकबाट आएका व्यक्तिसँगै भारतको कोरोना सङ्क्रमणको दर उच्च रहेका मुम्बै, नयाँ दिल्ली र राजिस्थानलगायतका क्षेत्रबाट फर्केका व्यक्तिहरु, नेपालको काठमाडौँ, ओखलढुङ्गालगायत क्षेत्रबाट फर्केका व्यक्तिसँगै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको र्‍यापिड टेष्टको कार्यसमेत गरिएको छ ।

आइतबार मात्रै शुक्लाफाँटामा १२०, बेलौरीमा २४, बेदकोटमा ७१, भीमदत्तमा ४०, पुनर्वास नगरपालिकामा १४५ जनाको र्‍यापिड टेष्ट गरिएको थियो । टेष्ट गरिएका सबैजनाको नतिजा नेगेटिभ रहेको छ । र्‍यापिड टेष्टमा शरीरमा एन्टीबडी रहे नरहेको जाँच गरिन्छ ।

जिल्लामा हालसम्म २०५ जनाको स्वाब सङ्कलन गरी कोरोना भाइरस परीक्षण गरिएको छ । जसमध्ये २०३ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएकामध्ये एकजनामा पोजेटिभ देखिएको थियो । उहाँ उपचारपछि घर फिर्ता भइसकेका छन् ।

अन्यको नतिजा नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएका मध्ये दुईजनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कञ्चनपुरमा रहेको ६०६ श्ययाको क्वारेन्टाइनमा छजना महिलासहित १५६ जनालाई राखिएको छ । स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा बाह्य मुलुकबाट आएका व्यक्तिको र्‍यापिड टेष्टको कार्य शुरु गरिएको छ । तेस्रो मुलुकबाट जिल्लामा चैत महिनामा भित्रिएका १३० जना व्यक्ति रहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  २ : ०० बजे

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू आज 

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको