‘लकडाउन’ कडा पार्न गृह मन्त्रालयको निर्देशन « Khabarhub

‘लकडाउन’ कडा पार्न गृह मन्त्रालयको निर्देशन


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘लकडाउन’लाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

बीचबाटामा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ । त्यसैले मन्त्रालयले आजदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड– १९ सङ्क्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  २ : २१ बजे

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा