लकडाउनको समयमा दालमा कालोबजारी गर्ने उद्योगी पक्राउ « Khabarhub

लकडाउनको समयमा दालमा कालोबजारी गर्ने उद्योगी पक्राउ


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- वीरगन्जका उद्यौगी मोहनलाल अग्रवाल(चाचान)सहित ५ जना पक्राउ परेका छन् ।

लकडाउनका समयमा कालोबजारी गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार साँझ पक्राउ गरेको हो । उनी चाचान ग्रुपमा उद्योगपति हुन् ।

वीरगन्ज-पथलैया औद्योगिक करिडोरमा पर्ने बाराको परवानीपुर गाउँपालिका-४ चैनपुरस्थित नारायणी मोडर्न पल्सेस इन्डस्ट्रिजका उनी सञ्चालक हुन्। उनीसहित उनको उद्योगका प्रतिनिधि सुनिल शर्मा पनि पक्राउ परेका छन्।

लकडाउनको मौका छाोपेर मसुराकको दाल बढी मूल्यमा बिक्री गरेको उनीमाथि आरोप छ ।

लकडाउनअघि प्रति केजी ८० देखि ८५ रूपैयाँमा बिक्री गरिएको दाल लकडाउनपछि ९४ देखि ९८ रूपैयाँमा बिक्री गरिएको पाइएकले पक्राउ गरि अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  २ : ३६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ