पूर्व सचिव उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश « Khabarhub

पूर्व सचिव उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले साइबर अपराधको अभियोगमा पक्राउ परेका नेपाल सरकार पूर्व सचिव भीम उपाध्यायलाई धरौटी रिहा गरेको छ ।

विद्युतीय कारोबार (साइबर अपराध)सम्बन्धी मुद्दाको थुनछेक आदेश जारी गर्दै काठमाडौं जिल्ला अदालतले उपाध्यायलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार न्यायाधीश भरतमणि खनालको इजलाशले उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न भनेको हो ।

गृह मन्त्रालयको निर्देशनानुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उपाध्यायलाई पक्राउ गरेको थियो ।

सामाजिक सञ्जालमार्फत सरकार तथा स्वास्थ्य मन्त्रालयका सचिवविरुद्ध अफवाह फैलाएको र जातिय द्वेष फैलाउने विषयहरु सामाजिक सञ्जालमार्फत शेयर गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो ।

प्रहरीको अनुसन्धानपछि आइतबार मात्रै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उपाध्यायविरुद्ध मुद्दा दायर गरेको थियो ।

उपाध्यायविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद सजाय मागदाबी गर्दै आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : २३ बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र