बाबुराम भट्टराईले ओलीको आलोचना गरेपछि रेडियो नेपालले माग्यो माफी « Khabarhub

बाबुराम भट्टराईले ओलीको आलोचना गरेपछि रेडियो नेपालले माग्यो माफी


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वको रेडियो नेपालले पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईलाई कार्यक्रममा अतिथि बनाइएकोमा माफी मागेको छ ।

रेडियो नेपालबाट दैनिक प्रसारण हुने अन्तरसम्वाद कार्यक्रमको सोमबारको श्रृङ्खलामा पूर्व प्रधानमन्त्री भट्टराईलाई अतिथि बोलाइएको थियो ।

समाचार महाशाखा प्रमुख नवराज लम्साल सञ्चालक रहेको कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका थिए ।

रेडियो नेपालले प्रधानमन्त्री ओलीको आलोचना भएपछि आगामी दिनमा रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहेन पनि बताएको छ ।

‘रेडियो नेपालबाट दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसम्वादअन्तर्गत आज मिति २०७७/०१/१५ गते बिहान ६ः३० बजे समाचार महाशाखा प्रमुख डा नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ । सो कार्यक्रम प्रत्यक्ष (लाईभ) प्रसारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौं । अब उप्रान्त रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहने प्रतिवद्धता पनि व्यक्त गर्दछौं,’ रेडियो नेपाल प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ५ : १७ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा