बाबुराम भट्टराईले ओलीको आलोचना गरेपछि रेडियो नेपालले माग्यो माफी | Khabarhub Khabarhub

बाबुराम भट्टराईले ओलीको आलोचना गरेपछि रेडियो नेपालले माग्यो माफी


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वको रेडियो नेपालले पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईलाई कार्यक्रममा अतिथि बनाइएकोमा माफी मागेको छ ।

रेडियो नेपालबाट दैनिक प्रसारण हुने अन्तरसम्वाद कार्यक्रमको सोमबारको श्रृङ्खलामा पूर्व प्रधानमन्त्री भट्टराईलाई अतिथि बोलाइएको थियो ।

समाचार महाशाखा प्रमुख नवराज लम्साल सञ्चालक रहेको कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका थिए ।

रेडियो नेपालले प्रधानमन्त्री ओलीको आलोचना भएपछि आगामी दिनमा रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहेन पनि बताएको छ ।

‘रेडियो नेपालबाट दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसम्वादअन्तर्गत आज मिति २०७७/०१/१५ गते बिहान ६ः३० बजे समाचार महाशाखा प्रमुख डा नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ । सो कार्यक्रम प्रत्यक्ष (लाईभ) प्रसारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौं । अब उप्रान्त रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहने प्रतिवद्धता पनि व्यक्त गर्दछौं,’ रेडियो नेपाल प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ५ : १७ बजे

नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू)

काठमाडौँ – नेपालमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार एकैदिन पाँच

स्वयम्भू मेलामा दुई लाख बढीले गरे अवलोकन

काठमाडौं– स्वयम्भूमा जारी एकमहिने मेलामा दुई लाख बढी भक्तजनले दर्शन

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो