हवाई र पर्यटन क्षेत्रको सुधारका लागि चेम्बरले दियो यस्ता सुझाव | Khabarhub Khabarhub

हवाई र पर्यटन क्षेत्रको सुधारका लागि चेम्बरले दियो यस्ता सुझाव


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसका कारण मुलुकको पर्यटन तथा हवाई क्षेत्रमा परेको प्रभाव कम गर्न सरकारलाई सुझाव दिएको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतका पदाधिकारीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई एक ज्ञापनपत्र बुझाउँदै पर्यटन तथा हवाई क्षेत्रको उत्थानका लागि सुझाव दिएको हो ।

चेम्बरले कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट विश्व पर्यटन गम्भीर रुपले प्रभावित भएको उल्लेख गर्दै त्यसलाई सुधारका लागि सरकारलाई सुझाव दिएको हो ।

विदेशी मुद्राको प्रमुख स्रोत रहेको नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसबाट उत्पन्न चुनौतीसँग जुध्न झनै कठिन रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा अत्यन्तै प्रतिकूल प्रभाव पारेकाले त्यसमा सुधार जरुरी रहेको बताए ।

चेम्बरले आन्तरिक पर्यटनतर्फ कोरोनाको प्रभाव कम हुने वित्तिकै अघि बढाउनु आवश्यक रहेको र त्यसका लागि सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामती तथा सङ्गठित संस्थाका कर्मचारी र आम नागरिकलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्नुपर्नेमा जोड दिएको छ ।

हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुँदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा शुरु हुने पर्यटकीय सिजनमा चीनका विभिन्न शहरबाट पर्यटक भित्राउनेतर्फ सरकारीस्तरमै पहल गर्नुपर्ने चेम्बरको सुझाव छ ।

नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सले चीनको विभिन्न शहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटक भित्राउनेतर्फ पहल गरिनुपर्नेमा चेम्बरले जोड दिइएको छ ।

यस्तै अन्य मुलुकका हवाइ सेवाप्रदायकसँग सम्पर्क गरी वायुसेवा उडान कहिलेदेखि सुरक्षित रुपमा सञ्चालन गर्न सकिने सो बारेमा छलफल गरी नेपाल वायु सेवा निगमलाई सञ्चालन गर्नुपर्ने चेम्बरको भनाइ छ । पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तीव्रता दिइनुपर्ने, राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तीव्रता दिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौदर्यीकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गको मर्मत सम्भार गर्नेतर्फ लाग्नुपर्ने चेम्बरको भनाइ छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : १९ बजे

रवि पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी

काठमाडौं – प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रवि पक्राउ परेपछि समर्थकहरुले गरे प्रधानमन्त्रीविरुद्ध नाराबाजी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री

आजका समाचार : रवि पक्राउपछि राजनीतिक तरंग, सन्दीपलाई अमेरिकाको भिसा

सिंहदरबारमा ओलीको हनिमुन : हटेन आर्थिक नैराश्य प्रधानमन्त्री एवम्‌ नेकपा

रवि लामिछानेको ‘ब्याड फ्राइडे’ – प्रचण्डको सन्देश, पक्राउ पुर्जी र प्रहरीको घेरा

काठमाडौं – हप्ताको अन्तिम अर्थात्‌ सप्ताहन्त शनिबारको अघिलो दिन शुक्रबारलाई

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं– नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ ।