कांग्रेस नेता सिटौलाका छोराको विहेमा चार जना जन्ती, दुलहीको घरमा १० जना ! « Khabarhub

कांग्रेस नेता सिटौलाका छोराको विहेमा चार जना जन्ती, दुलहीको घरमा १० जना !


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्यामप्रसाद सिटौला आइतबार विवाहबन्धनमा बाँधिए । कोरोना भाइरस संक्रमणको जोखिम र त्यसमाथि लकडाउनका कारण सीमित जन्तीकाबीच विवाह सम्पन्न भएको हो ।

आइतबार अक्षय तृतीयाका दिन बिर्तामोडकी मनिषा विमलीसँग श्यामले बिहे गरेका हुन्। विवाहमा सहभागी भएका सबै जन्तीहरुले मुखमा मास्क लगाएका थिए भने हातमा सेनिटाइजर पनि बोकेका थीए । विवाहमा सामाजिक दुरी पनि अपनाइएको थियो ।

बिहेमा आफूसहित चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको नेता सिटौलाले बताए। दुलहीका घरमा पनि १० जनामात्रै भेला भएको उनले जानकारी दिए ।

समयपरिस्थिति अनुसार धुमधाम गर्ने बेला नभएकाले सोही बमोजिम विवाह सम्पन्न भएको उनले बताए । सिटौलाका छोरा श्यामले बिहे खर्च कोरोना कोषलाई हस्तान्तरण गरे । उनले स्थानीय सरकारको कोरोना कोषमा पाँच लाख रुपैयाँ राखिएको जानकारी दिए ।

यसअघि नै विहेको मिति तय भइसकेका कारण तोकिएकै मितिमा बिहे गरिएको नेता सिटौलाले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ३१ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित