नेदरल्याण्ड्सका प्रधानमन्त्रीले मृत्युशय्यामा रहेकी आमालाई पनि भेट्न पाएनन « Khabarhub

नेदरल्याण्ड्सका प्रधानमन्त्रीले मृत्युशय्यामा रहेकी आमालाई पनि भेट्न पाएनन


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले मृत्युशय्यामा रहेकी आफ्नी आमालाई समेत भेट्न पाएनन् ।

कोरोना संक्रमणको त्रासका कारण जारी लकडाउनको नियम पालना गर्दा उनले मृत्युशय्यामा रहेकी आफ्नी आमालाई समेत भेट्न नपाएको बताइएको छ ।

अधिकारीहरुका अनुसार रुटकी आमा जीवन र मरणको दोसाँधमा थिइन्। जिम्मेवार पदमा भएकाले रुटले पनि लकडाउनको नियम पालना गर्ने निधो गरे, आमाले अन्तिम स्वास फेर्दा समेत उनी अस्पताल जान पाएनन् ।

गत सोमबार ९६ वर्षकी आमाको मृत्यु भएको थियो । आफूले अस्पतालमा आमालाई भेट्न नपाएकोमा दुख व्यक्त गरेका छन्।

रुटकी आमाको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भने नभएको जनाइएको छ ।

नेदरल्याण्ड्समा गत मार्च २० देखि लकडाउन जारी छ। त्यसबीचमा रुटकी आमा गम्भीर बिरामी भएका कारण अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ९ : २१ बजे

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका