नेदरल्याण्ड्सका प्रधानमन्त्रीले मृत्युशय्यामा रहेकी आमालाई पनि भेट्न पाएनन « Khabarhub

नेदरल्याण्ड्सका प्रधानमन्त्रीले मृत्युशय्यामा रहेकी आमालाई पनि भेट्न पाएनन


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले मृत्युशय्यामा रहेकी आफ्नी आमालाई समेत भेट्न पाएनन् ।

कोरोना संक्रमणको त्रासका कारण जारी लकडाउनको नियम पालना गर्दा उनले मृत्युशय्यामा रहेकी आफ्नी आमालाई समेत भेट्न नपाएको बताइएको छ ।

अधिकारीहरुका अनुसार रुटकी आमा जीवन र मरणको दोसाँधमा थिइन्। जिम्मेवार पदमा भएकाले रुटले पनि लकडाउनको नियम पालना गर्ने निधो गरे, आमाले अन्तिम स्वास फेर्दा समेत उनी अस्पताल जान पाएनन् ।

गत सोमबार ९६ वर्षकी आमाको मृत्यु भएको थियो । आफूले अस्पतालमा आमालाई भेट्न नपाएकोमा दुख व्यक्त गरेका छन्।

रुटकी आमाको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भने नभएको जनाइएको छ ।

नेदरल्याण्ड्समा गत मार्च २० देखि लकडाउन जारी छ। त्यसबीचमा रुटकी आमा गम्भीर बिरामी भएका कारण अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ९ : २१ बजे

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म