ट्वीटमा तथ्य जाँच गर्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्वीटरको आग्रह « Khabarhub

ट्वीटमा तथ्य जाँच गर्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्वीटरको आग्रह


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटलाई ‘तथ्य जाँच चेतावनी’को ट्याग लगाएको छ ।

ट्वीटरले ट्रम्पको पोष्टमा पहिलोपटक तथ्य जाँचको लेबल दिएको हो । ट्रम्पले इमेल मार्फत गरिने मतपत्रहरु ठग्ने जालसाजीभन्दा कम नभएको भन्दै ट्वीट गरेपछि ट्वीटरले उक्त पोस्टको मुनि निलो रङ्गको एक चेतावनी लेबल राखेको छ ।

ट्रम्पले मेल मार्फत मतदान गरिने मतपत्रहरूको बैधताको बारेमा धेरै असह्य दावी गरेका भन्दै ट्वीटरमा आलोचना पनि भएको छ ।

यसैबीच ट्वीटरको ‘तथ्य जाँच चेतावनी’ लाई ट्रम्पले आगामी राष्ट्रपतीय चुनावमा ट्वीटरले गर्न खोजेको हस्तक्षेपको संज्ञा दिएका छन् ।

उनले ट्वीटरमार्फत नै उक्त ‘तथ्य जाँच चेतावनी’ को जवाफ दिदै ट्वीटरले सीएनएन र वासिङ्टन पोष्टका गलत समाचारका आधारमा राष्ट्रपतीय चुनावमा हस्तक्षेप गर्ने नियतसाथ ‘तथ्य जाँच चेतावनी’ दिएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल कम्पनी ट्वीटरले यहि महिनाको सुरूमा चेतावनी लेबलहरूमा आफ्ना नीतिहरू अध्यावधिक गरेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ७ : १७ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री