ट्वीटमा तथ्य जाँच गर्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्वीटरको आग्रह « Khabarhub

ट्वीटमा तथ्य जाँच गर्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्वीटरको आग्रह


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटलाई ‘तथ्य जाँच चेतावनी’को ट्याग लगाएको छ ।

ट्वीटरले ट्रम्पको पोष्टमा पहिलोपटक तथ्य जाँचको लेबल दिएको हो । ट्रम्पले इमेल मार्फत गरिने मतपत्रहरु ठग्ने जालसाजीभन्दा कम नभएको भन्दै ट्वीट गरेपछि ट्वीटरले उक्त पोस्टको मुनि निलो रङ्गको एक चेतावनी लेबल राखेको छ ।

ट्रम्पले मेल मार्फत मतदान गरिने मतपत्रहरूको बैधताको बारेमा धेरै असह्य दावी गरेका भन्दै ट्वीटरमा आलोचना पनि भएको छ ।

यसैबीच ट्वीटरको ‘तथ्य जाँच चेतावनी’ लाई ट्रम्पले आगामी राष्ट्रपतीय चुनावमा ट्वीटरले गर्न खोजेको हस्तक्षेपको संज्ञा दिएका छन् ।

उनले ट्वीटरमार्फत नै उक्त ‘तथ्य जाँच चेतावनी’ को जवाफ दिदै ट्वीटरले सीएनएन र वासिङ्टन पोष्टका गलत समाचारका आधारमा राष्ट्रपतीय चुनावमा हस्तक्षेप गर्ने नियतसाथ ‘तथ्य जाँच चेतावनी’ दिएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल कम्पनी ट्वीटरले यहि महिनाको सुरूमा चेतावनी लेबलहरूमा आफ्ना नीतिहरू अध्यावधिक गरेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ७ : १७ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा