आज पनि हावाहुरीसहित वर्षा हुने पूर्वानुमान « Khabarhub

आज पनि हावाहुरीसहित वर्षा हुने पूर्वानुमान


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू-भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

महाशाखाले शुक्रबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली  र पर्सी (शुक्रबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

आगामी २४ घण्टाभित्र पूर्वी भू-भाग, मध्य तथा पश्चिम पहाडी भू-भागमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेको तथा पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम बृद्धि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू-भाग आसपास बनेको निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू-भागका थेरै स्थानहरूमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ७ : ५४ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी