आज पनि हावाहुरीसहित वर्षा हुने पूर्वानुमान « Khabarhub

आज पनि हावाहुरीसहित वर्षा हुने पूर्वानुमान


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू-भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

महाशाखाले शुक्रबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली  र पर्सी (शुक्रबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

आगामी २४ घण्टाभित्र पूर्वी भू-भाग, मध्य तथा पश्चिम पहाडी भू-भागमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेको तथा पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम बृद्धि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू-भाग आसपास बनेको निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू-भागका थेरै स्थानहरूमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ७ : ५४ बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न