झापाको क्वारेन्टाइनमा योगाभ्यास « Khabarhub

झापाको क्वारेन्टाइनमा योगाभ्यास


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कनकाई नगरमा क्वारेन्टाइनमा बसेकाहरूलाई नियमति योगाभ्यास गराउन थालिएको छ ।

नगरको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा रहेको क्वारेन्टाइनमा बस्दै आएका ५६ जनालाई क्वारेन्टिन परिसरमै सामाजिक दूरी कायम राख्दै बिहान ६ बजेदेखि पहिलो चरणमा योगाभ्यास सञ्चालन गरिएको हो ।

पतञ्जली योग नगर समिति कनकाईले योगाभ्यासको सहजीकरण गरेको समितिका नगर अध्यक्ष टीकाप्रसाद जमरकट्टेलले बताए ।

अभ्यासका क्रममा स्वस्थ खानपान, योग व्यायाम, प्रणायमका साथै स्वास्थ्य सुरक्षा सामग्रीको उचित प्रयोगका बारेमा जानकारी दिइने छ ।

क्वारेन्टाइनमा बस्दै आएका मानिसको रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुको आत्मबल बढाउनका लागि योगाभ्यासको भूमिका महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

भारतले लकडाउन खुकुलो पारेसँगै झापाका सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका नेपालीको क्वारेन्टाइन बसाइलाई सहज बनाउने उद्देश्यले योगाभ्यास सञ्चालन गरिएको कनकाई नगरपालिकाकी उपप्रमुख एवं नगरस्तरीय कोरोना सङ्क्रमण रोकथाम तथा विपद् व्यवस्थापन समिति संयोजक मञ्जु प्रसाईंले बताइन् ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ८ : ०८ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा