आँचल लेख्छिन्- अश्लिल भिडियो बनाएर चरित्र हत्या गर्नेविरुद्ध लडौं « Khabarhub

आँचल लेख्छिन्- अश्लिल भिडियो बनाएर चरित्र हत्या गर्नेविरुद्ध लडौं


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका आँचल शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत, आफ्नो देशको बारेमा बोल्दा, राष्ट्रिय एकताको बिषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपाली छोरी चेलीले यस्तो सहनु पर्ने ? भनेर आक्रोश पोखेकी छिन् ।

उनले लेखेकी छिन् – आफ्नो देशको बारेमा बोल्दा, राष्ट्रिय एकताको बिषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपाली छोरी चेलीले यस्तो सहनु पर्ने ? जसले त्यस्ता प्रकारका अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका छन् तिनीहरुको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ । यति बेला तपाई समस्थ साथी भाई अनि शुभचिन्तकको साथको जरुरी छ मलाई । कृपया सहयोग गरिदिनुस ।

पछिल्लो २ दिनदेखि सामाजिक संजालमा प्रविधिको दुरुपयोग गर्दै अश्लिल भिडियो बनाएर चरित्र हत्या गर्ने गिरोह सक्रिय देखिएको छ । नायिका शर्माले यो अवस्थामा सबै जना मिलेर अगाडि बढ्नुपर्ने बताएकी छिन् ।

मंगलबार मात्र चलचित्र कलाकार संघले केही नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै प्रहरीमा उजुरी दिएको छ ।

महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले प्रहरीलाई उजुरी बुझाएको हो ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १२ : १८ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ