आँचल लेख्छिन्- अश्लिल भिडियो बनाएर चरित्र हत्या गर्नेविरुद्ध लडौं | Khabarhub Khabarhub

आँचल लेख्छिन्- अश्लिल भिडियो बनाएर चरित्र हत्या गर्नेविरुद्ध लडौं


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका आँचल शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत, आफ्नो देशको बारेमा बोल्दा, राष्ट्रिय एकताको बिषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपाली छोरी चेलीले यस्तो सहनु पर्ने ? भनेर आक्रोश पोखेकी छिन् ।

उनले लेखेकी छिन् – आफ्नो देशको बारेमा बोल्दा, राष्ट्रिय एकताको बिषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपाली छोरी चेलीले यस्तो सहनु पर्ने ? जसले त्यस्ता प्रकारका अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका छन् तिनीहरुको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ । यति बेला तपाई समस्थ साथी भाई अनि शुभचिन्तकको साथको जरुरी छ मलाई । कृपया सहयोग गरिदिनुस ।

पछिल्लो २ दिनदेखि सामाजिक संजालमा प्रविधिको दुरुपयोग गर्दै अश्लिल भिडियो बनाएर चरित्र हत्या गर्ने गिरोह सक्रिय देखिएको छ । नायिका शर्माले यो अवस्थामा सबै जना मिलेर अगाडि बढ्नुपर्ने बताएकी छिन् ।

मंगलबार मात्र चलचित्र कलाकार संघले केही नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै प्रहरीमा उजुरी दिएको छ ।

महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले प्रहरीलाई उजुरी बुझाएको हो ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १२ : १८ बजे

केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना

काठमाडौं – केन्टकीमा ठूलो मात्रामा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम