रौतहटमा आजै थप ३५ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

रौतहटमा आजै थप ३५ जनामा कोरोना संक्रमण पुष्टि


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रजिअ घिमिरेका अनुसार उनीहरु सबैजना भारतबाट नेपाल आएका पुरुषहरु हुन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ घिमिरेको भनाइ छ ।

प्रयोगशालाले रौतहटमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी आज विहान दिएको प्रजिअ घिमिरेले खबरहबलाई बताए ।

‘रौतहटमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको भनेर हामीलाई आज विहान जानकारी आएको हो । उहाँहरु सबैजना भारतबाट आएका हुन्,’ प्रजिअ घिमिरेले खबरहबसँग भने, ‘सबै जना पुरुष हुनुहुन्छ भन्ने जानकारी आएको छ, उहाँहरुको हेटौंडा र टेकुमा परीक्षण गरिएको थियो ।’

झापामा थप १७ जनामा संक्रमण पुष्टि

त्यस्तै झापामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वास्थ्य परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

प्रजिअ रानामगरले भने, ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै भारतबाट आएका हुन् ।’

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु चिकित्सकको निगरानीमा रहेको पनि प्रजिअ रानामगरले बताए ।

बागलुङमा ६ जना थपिए

यसैबीच भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद शर्माले विज्ञप्ति निकाल्दै गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

डा शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका स्थायी ठेगाना भएका सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० का २ जना पुरुष मा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बाग्लुङ्गकै तमनखोला गाउँपालिका घर भएका र सोही स्थानको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ का ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टाइमा रहेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेनमा लगिने डा शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

बागलुङमा करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन्।

हेटौंडाकी २५ वर्षे गर्भवतीमा संक्रमण

त्यस्तै मकवानपुरको हेटौंडाकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रणय कुमार उपाध्यायका अनुसार हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपाध्यायका अनुसार ती महिला जेठ ९ गते चितवनबाट हेटौंडा आएकी थिइन् । ५ महिनाकी गर्भवती उनी हेटौंडा अस्पतालमा गर्भजाँच गर्न जाँदा चितवनबाट आएको खुलेपछि उनको कोरोना परीक्षणको लागि नमूना संकलन गरेर किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको प्रयोगशालमा कोरोना परीक्षण गरिएको थियो ।

सोही परीक्षणको क्रममा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आजै प्रदेश ३ को कोरोना विशेष अस्पताल चितवन रेफर गरिएको पनि उपाध्यायले जानकारी दिए ।

‘उहाँ गर्भजाँच गराउन अस्पतालमा पुग्दा चितवनबाट जेठ ९ गते आएको खुलेपछि उहाँको कोरोना परीक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उहाँलाई चितवनको कोभिड अस्पतालको आइसोलेसनमा रेफर गरिएको छ,’ उपाध्यायले खबरहबसँग भने, ‘उहाँको परिवारलाई होम क्वारेन्टाइनमा राखेर अहिले कन्ट्रयाक ट्रेसिङको काम अघि बढाइएको छ ।’

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  २ : ०१ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा