कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु « Khabarhub

कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।

बुधबार ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उपचारका क्रममा उनको ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार निधन भएको हो ।

उनको कोरोनाका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले पुष्टि गरे ।

‘कलेजोमा समस्या रहेका उनको बुधबार किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।’ डा.  गेलालले खबरहबसँग भने, ‘पाटन अस्पतालमा आईसीयू नभएपछि उनलाई गत जेठ ११ गते किस्ट अस्पताल पठाइएको थियो, जेठ १२ गते उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।

यसअघि नेपालमा कोरोनाको कारण अन्य ४ जनाको मृत्यु भइसकेको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष र बारा कलैयाका ७० वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधवार एकैदिन थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।

१८७ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १० : २७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद