अमेरिकामा एकैदिन ४७ हजार बढी कोरोना संक्रमित थपिए « Khabarhub

अमेरिकामा एकैदिन ४७ हजार बढी कोरोना संक्रमित थपिए


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वमा सबैभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) का संक्रमित संयुक्त राज्य अमेरिकामा देखिएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २५ लाख ५२ हजार ८ सय ३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा अमेरिकामा ६ सयभन्दा बढीको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

पछिल्लो अपडेट अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार २ सय २४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

यस्तै १० लाख ६६ हजार १ सय ६७ जनाभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण १ लाख २७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : ४० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले