अमेरिकामा एकैदिन ४७ हजार बढी कोरोना संक्रमित थपिए « Khabarhub

अमेरिकामा एकैदिन ४७ हजार बढी कोरोना संक्रमित थपिए


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वमा सबैभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) का संक्रमित संयुक्त राज्य अमेरिकामा देखिएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २५ लाख ५२ हजार ८ सय ३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा अमेरिकामा ६ सयभन्दा बढीको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

पछिल्लो अपडेट अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार २ सय २४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

यस्तै १० लाख ६६ हजार १ सय ६७ जनाभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण १ लाख २७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : ४० बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द