नेकपा स्थायी कमिटी बैठक आज पनि, बाँकी सदस्यले धारणा राख्ने « Khabarhub

नेकपा स्थायी कमिटी बैठक आज पनि, बाँकी सदस्यले धारणा राख्ने


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटरमा ११ बजेपछि सुरू हुनेछ ।

बुधबारबाट सुरू भएको बैठकमा शुक्रबार १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा बाँकी सदस्यले धारणा राख्ने छन् । बुधबारकै बैठकले तय गरेका सात एजेन्डाका विषयमा बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

हिजोको बैठकमा भारतसँगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १८ जनाले बोलेका थिए। तीमध्ये परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले भारतसँग लिम्पियाधुराको सीमा विवाद सुल्झाउन कूटनीतिक पहल गरिरहेको भए पनि भारतले सकरात्मक तत्परता नदेखाएको बताए।

उनले चीनबाट नेपाली सीमा अतिक्रमण भएको भन्नेबारे पछिल्लो समय आएका समाचार पनि झूटा रहेको स्थायी कमिटी बैठकमा बताए।

हिजोको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी नभएको भन्दै सदस्यहरूले विरोध जनाएका थिए ।

बालुवाटारमै आयोजित बैठकमा पनि प्रधानमन्त्री सहभागी भएपछि बैठक पार्टी कार्यालय धुम्बाराहीमै सार्नुपर्ने माग गरिएको थियो ।

बैठकमा नेता भिम रावलले प्रधानमन्त्रीकै सजिलोका लागि बालुवाटारमा बैठक राखिएको भएपनि प्रधानमन्त्री नै सहभागी नहुने हो भने बैठक धुम्बाराही सार्नुपर्ने बताएको एक नेताले बताए ।

अर्का स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आफ्नै दैलोमा राखिएको बैठकमा पनि अध्यक्ष सहभागी नहुनु हेपाहा प्रवृत्ति भएको बताएकी थिइन ।

बैठकमा स्थायी कमिटीको बैठकमा भारतसँगको सीमा नियमन गर्नुपर्ने आवाज उठेको थियो । बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यहरूले भारतसँग खुला सीमाका कारण सधैं समस्या परिरहेको धारणा राखेका थिए। केही सदस्यले आवश्यक परे सीमामा तारबार लगाउनुपर्ने बताएका थिए।

सीमा विवाद समाधानमा सरकारले गरेको अहिलेसम्मको पहलका बारेमा जानकारी गराउँदै परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदिप ज्ञवालीले सीमा विवाद समाधानका लागि वार्ता गर्न नेपालले गरेको प्रस्तावमा भारत सकारात्मक नभएको बताएका थिए ।

त्यस्तै स्थायी समिति सदस्यहरू लिलामणि पोखरेल, मातृका यादव, देव गुरुङ, गोकर्ण विष्ट, छविलाल विक, अमृत बोहोरा, पम्फा भुसाल, शंकर पोखरेल, वेदुराम भुसाल, रघुविर महासेठ, भिम रावल, मुकुन्द न्यौपाने, भिम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, केशव बडाल र नारायणकाजी श्रेष्ठले आफ्नो विचार राखेका थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : १९ बजे

‘सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी’

चितवन– सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)