अमेरिकाले लगायो चिनियाँ अधिकारीहरुलाई अमेरिका प्रवेशमा रोक « Khabarhub

अमेरिकाले लगायो चिनियाँ अधिकारीहरुलाई अमेरिका प्रवेशमा रोक


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकाले चिनियाँ अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरुलाई अमेरिका प्रवेश गर्न रोक लगाएको बीबीसीले जनाएको छ ।

हङकङको स्वतन्त्रतालाई संकुचित पार्ने योजनामा ती अधिकारीहरु संलग्न भएको भन्दै उनीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको जनाइएको छ ।

चीनले भने अमेरिकाको यो निर्णयलाई ‘त्रूटिपूर्ण’ भएको भन्दै फिर्ता लिनुपर्ने प्रतिक्रिया दिएको छ । हङकङको स्वायत्तताविरुद्ध ल्याउन लागिएको सुरक्षा कानूनलाई दण्डित गर्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रण गरेका थिए । यसैअनुरुप यस्तो प्रतिबन्ध लगाइएको जनाइएको छ ।

हालै चीनले हङकङमा चीनको अधिकारविरुद्ध हुने गतिविधिहरु अपराध ठहरिने साथै बेइजिङले आफ्ना सुरक्षा निकायहरु स्थापना गर्न सक्ने कानूनको प्रस्ताव गरेको थियो ।

यो प्रस्तावित कानूनसँगै हङकङमा लामो समयदेखि चीनविरोधी प्रदर्शन भइरहेको छ ।

अमेरिकाले चिनियाँ अधिकारीहरुलाई प्रवेश नदिने घोषणा गरे पनि क–कसलाई प्रतिबन्ध लगाइएको हो भन्ने खुलाइएको छैन ।

वाशिङटनस्थित चिनियाँ दूतावासले अमेरिकाको यो अन्यायपूर्ण निर्णयको विरोध गर्ने जनाएको छ । दूतावासले अमेरिकालाई तत्काल आफ्ना गल्तीहरु सच्याउन र चीनको आन्तरिक विषयमा हस्तक्षेप नगर्न आग्रह गरेको छ ।

केही समयअघि अमेरिकी सिनेटमा हङकङको स्वायत्ततालाई अनादर गर्ने व्यक्ति र उनीहरुसँग कारोवार गर्ने व्यापारी तथा व्यवसायलाई अमेरिकामा प्रतिबन्ध लगाउन प्रस्तावमा मतदान भएको थियो ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ११ : ४६ बजे

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप