मध्यपहाडी लोकमार्गको कास्की खण्ड हिलाम्मे | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्गको कास्की खण्ड हिलाम्मे


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- धौलागिरी अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङको ‘लाइफलाइन’ रहेको पोखरा–बाग्लुङ राजमार्गमा यात्रा गर्ने यात्रुले यति बेला सास्ती बेर्होनु परेको छ ।

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डको पोखरा महानगरपालिका–२५ याम्दीदेखी घट्टेखोलासम्मको सडक बर्खायाममा हिलाम्मे हुँदा सो लोकमार्ग भएर यात्रा गर्नेले कष्ट भोग्न बाध्य बनेका छन् ।

बन्दाबन्दीले लोकमार्गको काम रोकिदा बर्खामा सडक हिलो र पानीले भरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रेसमेतको केही वडावासी सोही सडक भएर यात्रा गर्ने गर्दछन् ।

मध्यपहाडी लोकमार्ग विस्तार शुरु भएपछि साविकको दुई लेनको पक्की कालोपत्रे सडक अहिले भत्काइएपछि ठाउँ/ठाउँमा सडकमा पानी जमेर हिलो हुँदा राजमार्गमा यात्रा गर्नेले हैरानी बेहोर्न बाध्य छन् भने अत्यावश्यक एम्बुलेन्ससमेत रोकिने र हिलोमा फस्ने गरेको छ ।

सुइखेतदेखि घट्टेखोलासम्मको दुई किमी सडक अहिले सवारी चालक तथा यात्रुका लागि धराप बनेको र स्तरोन्नतिका लागि विस्तार गरिएको सडकमा पानी पर्न थालेपछि सवारी साधन हिलोमा फस्ने, दुर्घटना हुने र बाटोमा रोकिनुपर्ने बाध्यता रहेको स्थानीवासीको गुनासो छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसका बैकुण्ठ भण्डारी पोखरा आवतजावतका लागि अहिले अन्नपूर्ण गाउँपालिकाको नागडाँडा निस्केर सराङकोट हुँदै जानुपर्ने बाध्यता रहेको बताउँछन् ।

घर नजिकको लोकमार्ग हुँदै जाँदा आधा घण्टामा पोखरा आउनजान सकिने अवस्था रहेपनि जोखिमपूर्ण र हिलाम्मे सडकमा गाडी चलाउन नसकिने हुँदा एक घण्टाभन्दा बढी समय लाग्ने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा रहेको बताउँछन् ।

उनले भने, “मध्यपहाडीको बाटो अहिले हाम्रा लागि धराप बनेको छ, हिलाम्मे सडकमा मोटरसाइकल र साना चार पाङ्ग्रे सवारी चलाउन सक्ने अवस्था छैन, कतिपय अवस्थामा बाटोमा सवारी साधन छोडेर हिँड्नुपर्ने अवस्था आयो, बर्खामा सो बाटो भएर कुनै पनि यातायात सहज सञ्चालन गर्ने सक्ने अवस्था छैन ।”

पोखरा–२५ हेमजाका माधवशरण पौडेलले अहिलेको सडकको दुरावस्थाका कारण बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्ससमेत जान नसक्ने अवस्था रहेको बताए ।

कास्कीका दुई पालिका र चार जिल्लाको प्रमुख सडकमार्ग खाल्डाखुल्डीसहितको हिलाम्मे हुँदा दुर्घटना बढेको उल्लेख गर्दै उनले भने,“अहिलेको सडक निर्माणको कामबाट हामी स्थानीयवासी सन्तुष्ट हुन सकेका छैनौँ ।”

पोखराबाट साविकका धौलागिरी अञ्चलका जिल्ला जोड्ने प्रमुख सडकयात्रा जोखिमपूर्ण हुँदा यात्रुले आक्रोस व्यक्त गर्ने गरेका छन् । मध्यपहाडी लोकमार्गको ३७ किमी लामो कास्की खण्ड तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी तीन भागमा विभाजन गरेर विसं २०७४ असारमा रु दुई अर्व ९३ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

याम्दीदेखी सुइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतदेखी घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ रुपैयाँ लागतमा कामको जिम्मा पाएका थिए ।

त्यसैगरी घट्टेखोला देखी नयाँपुलसम्मको २६ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ मा मध्यपहाडी लोकमार्ग आयोजना पर्वतले ठेक्का सम्झौता गरेको थियो । राजमार्ग छ लेन(३० मिटर) चौडाई तथा तीन मिटरको डिभाइडर(मेडियन) तथा दायाँ बायाँ दुई÷दुई मिटरको नाला र्निमाण गरिने सम्झौतामा उल्लेख छ ।

पहाडी क्षेत्रका कारण घट्टेखोलादेखी नयाँपुलसम्म भने दुई लेन मात्र हुने छ । उच्च प्रविधिको ‘अस्पात कङ्क्रिट’ प्रविधिको माध्यमबाट सडक कालोपत्रे गर्ने सम्झौता भएपनि काममा ढिलाइ हुँदा नागरिकले हैरानी र सास्ती पाएका छन् ।

चालू आवभित्रमा निर्माण सम्पन्न हुनुपर्ने सडकको काम अहिले बन्दाबन्दीका कारणले प्रभावित बनेको छ । त्यसअघि सडक विस्तारमा अधिकाँश स्थानमा बिजुली र खानेपानीका पाइप स्थानान्तरण गर्न ढिलाइ हुँदा आयोजनाको भौतिक प्रगति कम भएको दाबी निर्माण कम्पनीको छ ।

घट्टेखोलादेखी नयाँपुलसम्मको सडकमा भने कार्य प्रगति भएको छ । सो सडकखण्डमा अधिकाँश स्थानमा कोलोपत्रे गरिएपनि याम्दीदेखी घट्टेखोलासम्मको सडक यात्रा कष्टकर छ ।

हालसम्म बाटो फराकिलो पार्ने, नाली निर्माण तथा सो माथि स्ल्याब, कल्भर्डको निर्माण, आवश्यक ठाउँमा रिटेलिङ्ग वालको काम सकिएको आयोजनाका ईन्जिनियर अनन्त बरालले जानकारी दिए । उनले हालसम्म समग्रमा ७० प्रतिशत हाराहारीमा काम सम्पन्न भएको जानकारी दिए ।

लामो समय बाटोमा हैरानी भोग्न बाध्य बनेपछि शुक्रबार धम्पुस र हेमजाका स्थानीयवासी, जनप्रतिनिधि, आयोजनाका प्राविधिक तथा निर्माण व्यवसायीको छलफलले सडकको तुरुन्त स्तरोन्नति गरी बर्खामा सहज यातायात सञ्चालनको व्यवस्था मिलाउन निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।

छलफलमा निर्माण व्यवसायी राजु रानाभाटले आगामी तीन दिनभित्रमा सडकबाट हिलो हटाएर बाटो सफा गर्ने प्रतिवद्धता जनाए । विगतमा ४६ मजदुरले काम गरेपनि बन्दाबन्दीपछि आधाभन्दा कम मात्र रहेको र मेसिन चलाउने अपरेटरसमेत नपाउने अवस्था रहेको बताउँदै उनले हाल स्थानीयवासी तथा यात्रुले भोग्नु परेको समस्या छ्टिै समाधान गरिने जानकारी दिए ।

लकडाउनले आयोजना सम्पन्न गर्न अझै एक वर्ष थप समय लाग्ने उनको दावी छ । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले राष्ट्रिय गौरवको आयोजनालाई सुव्यवस्थितरुपमा सम्पन्न गर्नुपर्ने दायित्व निर्माण व्यवसायी, प्राविधिक तथा स्थानीयवासीको रहेको बताउँदै तात्कालीन समस्यालाई तुरुन्त समाधान गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  २ : ५८ बजे

आन्दोलनमा क्षतीको सीसा–हानिकार फोहर काठमाडौं महानगरले छुट्टै संकलन गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेनजि आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट

जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद

काठमाडौँ – नेपाली सेनाले देशका विभिन्न स्थानबाट जेन-जी प्रदर्शन क्रममा

जेन-जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका प्रहरीहरूको आज पशुपति आर्यघाटमा

‘वामपन्थी दलप्रति आस्थावान् सबैजना एक ठाउँ उभिने सङ्कल्प गरौँ’

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले वामपन्थी विचारधारा बोकेका

प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्

काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको