गण्डकी प्रदेशमा शनिबार १६ कोरोना संक्रमित थपिए « Khabarhub

गण्डकी प्रदेशमा शनिबार १६ कोरोना संक्रमित थपिए


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८५४ पुगेको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ १६ जना संक्रमित थपिएका हुन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देबचुली नगरपालिकाका ३ महिलासहित ६ जनामा संक्रण पुष्टि भएको छ। त्यस्तै, कास्कीको पोखरा महानगरपालिकाका पाँच जना महिलामा पनि कोरोना देखिएको छ।

यता, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा स्याङ्जाको गल्याङ नगरपालिकाका तीन जना पुरुष र भिरकोट गाउँपालिकाका दुई पुरुषमा संक्रमण पुष्टि भएको छ।

 

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : ३३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी