बाँकेमा एकैदिन २३ जनाले जिते कोरोना संक्रमण  « Khabarhub

बाँकेमा एकैदिन २३ जनाले जिते कोरोना संक्रमण 


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेमा शनिबार २३ जना कोरोना संक्रमणमुक्तभइ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनामुक्त भएर डिस्चार्ज हुनेहरुमा १८ जना बाँकेका र ५ जना बर्दियाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार नेपालगञ्जको आदर्शनगर आइसोलेशन सेन्टरबाट राप्तीसोनारी गाउँपालिकाका १२ जना, कृषि तालिम केन्द्र खजुराको आइसोलेशन सेन्टरबाट खजुराका ३ र सुशील कोइराला प्रखर क्यान्सर कोरोना आइसोलेशन अस्पतालबाट नेपालगञ्जको १, राप्ती सोनरीका २, बर्दियाका ५ गरी ८ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।

उनले बाँकेका विभिन्न आइसोलेशनमा शनिबारसम्म ४६ जना कोरोना संक्रमित रहेको जानकारी दिए । बाँकेमा हालसम्म ३ सय ५२ जना पुराना संक्रमित रहेको र शनिबार मात्र बाँकेका २ जना थप भएका छन् । यीमध्ये ३ सय २ जना संक्रमणमुक्त भएको र कोरोना संक्रमणको कारण २ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ५३ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ