चीनको चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द, कुटनीतिज्ञले कार्यालय छाडे « Khabarhub

चीनको चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द, कुटनीतिज्ञले कार्यालय छाडे


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको दक्षिण-पश्चिमी शहर चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावास पनि बन्द भएको छ ।

वाणिज्य दूतावास बन्द गर्नुपर्ने सोमवार बिहानसम्मको समयसीमाभन्दा केही घण्टाअघि कर्मचारीहरूले आ-आफ्ना सरसामान लिएर कार्यालय छाडेका छन्।

कुटनीतिज्ञले कार्यालय छाड्दा वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड लागेका थियो । उनीहरूमध्ये धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकिरहेका छन् भने कतिपयले सेल्फी लिइरहेको देखिएको छ ।

अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न ७२ घण्टे समयसिमा दिएको थियो ।

अमेरिकी वाणिज्य दूतावासबाट लरीहरू बाहिरिँदै गरेका र कर्मचारीहरू कूटनीतिक चिह्नहरू हटाइरहेका तस्वीर चिनियाँ सरकारी सञ्चारमाध्यमले देखाएको बीबीसीले जनाएको छ। वाणिज्य दूतावास भवनबाहिर दर्जनौँ चिनियाँ प्रहरी खटेका छन्।

चीनले ‘बौद्धिक सम्पत्ति चोर्नका लागि’ ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासको प्रयोग गरेको आरोप लगाउँदै अमेरिकाले गत हप्ता उक्त दूतावास गराएसँगै चीनले पनि चङ्गदुको अमेरिकी दूतावास बन्द गराएको हो ।

चीनसँगको व्यापार तथा कोरोनाभाइरस महामारी, हङ्कङमा लागु गरिएको विवादास्पद सुरक्षा कानुन लगायतका विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ।

सन् १९८५ मा स्थापित चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासमा दुई सयभन्दा बढी स्थानीय कर्मचारी नै कार्यरत थिए।

चङ्गदुस्थित वाणिज्य दूतावास बन्द भएपछि चिनियाँ मुख्य भू-भागमा चार वटा अमेरिकी वाणिज्य दूतावास र बेइजिङस्थित दूतावास बाँकी रहनेछ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ७ : ३५ बजे

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको