प्राधिकरण प्रमुख कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिदै « Khabarhub

प्राधिकरण प्रमुख कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिदै


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने भएको छ ।

प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले २०७३ सालको भदौ २९ गते  प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।

चार वर्षको यो अवधिमा घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्दै घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्‍याएका छन् ।

काठमाडौँका मुख्य क्षेत्रमा विद्युतको तारलाई भूमिगत गराइदै छ भने रुग्ण आयोजनाको निर्माण सम्पन्न भएको तथा विद्युत चुहावट घटाएर प्राधिकरणको सुधारका लागि घिसिङले महत्वपूर्ण योगदान गरेका छन् ।

प्राधिकरणको नेतृत्व रिक्त हुनै लाग्दा कतिपयले नयाँ कार्यकारी निर्देशकका लागि  लबिङसमेत सुरू गरेको बुझिएको छ । तर, राम्रो काम गरेकाले घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने जनदबाब सरकारमा छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ८ : १४ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य