महामारीकाबीच झापाको कचनकवलमा निजी विद्यालयले जबर्जस्ती शुरू गरेको पठनपाठन बन्द | Khabarhub Khabarhub

महामारीकाबीच झापाको कचनकवलमा निजी विद्यालयले जबर्जस्ती शुरू गरेको पठनपाठन बन्द


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको झापाको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्त कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ ।

गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले समुदायमा आधारित रहेर सिकाइ केन्द्रमार्फत वैकिल्पक सिकाइ सहजीकरण गर्नुपर्नेमा विद्यालय नै खोलेर कक्षा सञ्चालन गर्न शुरु गरेपछि बन्द गराइएको अध्यक्ष अञ्जार आलमले बताए ।

‘लकडाउन खुले पनि कोडिभ–१९ को जोखिम झन बढेर गइरहेको छ, यस्तो बेलामा विद्यालय खोली पठनपाठन गर्ने कुरै आउँदैन’, उनले भने, ‘विद्यालयले आफ्नो क्षेत्रमा सिकाइ केन्द्र स्थापना गरी थोरै सङ्ख्यामा वैकल्पिक सिकाइमा सहजीकरण गर्नुपर्छ ।’

गाउँपालिकाको शिक्षा शाखाले केही दिन अघि गरेको अनुगमनका क्रममा वडा नम्बर २ र वडा नम्बर ७ मा रहेका निजी विद्यालयले कक्षा कोठाभरी विद्यार्थी राखेर पठनपाठन गरिरहेको पाएपछि बन्द गराएको थियो । शाखाले सूचना नै प्रकाशन गरेर विद्यालय खोली पठनपाठन नगर्न नगराउन अनुरोध गरेको छ ।

झापामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३४६ जना रहेको छ ।तीमध्ये निको भएर ३०४ जना घर फर्किएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

कचनकवल गाउँपालिकाका मात्र १३५ जना कोरोना सङ्क्रमितमध्ये निको भएर १३४ जना फर्किसकेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ५९ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ– पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन)

काठमाडौंको पहेँलो पुल नजिकै बन्दै गरेको स्पोर्टस् पार्क (फोटोफिचर)

काठमाडौं–  काठमाडौं महानगरपालिका– ५ स्थित पहेँलो पुल नजिकै स्पोर्टस् पार्क निर्माणको

नयाँ आईजीपी कार्कीले पदभार ग्रहण गर्दै : यस्तो छ कार्यक्रम

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार

स्काउटको जग्गामा बनाएको दीपक खड्काको संरचनामा काठमाडौं महानगरको डोजर (तस्बिरसहित)

काठमाडौं– लैनचौरस्थित नेपाल स्काउटको जग्गा रहेको पूर्वमन्त्री तथा कांग्रेस नेता

बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको भन्दै कुलमानले दिए सबैलाई धन्यवाद

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले विद्युतको बक्यौता असुली ठोस परिणामतर्फ