महामारीकाबीच झापाको कचनकवलमा निजी विद्यालयले जबर्जस्ती शुरू गरेको पठनपाठन बन्द « Khabarhub

महामारीकाबीच झापाको कचनकवलमा निजी विद्यालयले जबर्जस्ती शुरू गरेको पठनपाठन बन्द


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको झापाको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्त कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ ।

गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले समुदायमा आधारित रहेर सिकाइ केन्द्रमार्फत वैकिल्पक सिकाइ सहजीकरण गर्नुपर्नेमा विद्यालय नै खोलेर कक्षा सञ्चालन गर्न शुरु गरेपछि बन्द गराइएको अध्यक्ष अञ्जार आलमले बताए ।

‘लकडाउन खुले पनि कोडिभ–१९ को जोखिम झन बढेर गइरहेको छ, यस्तो बेलामा विद्यालय खोली पठनपाठन गर्ने कुरै आउँदैन’, उनले भने, ‘विद्यालयले आफ्नो क्षेत्रमा सिकाइ केन्द्र स्थापना गरी थोरै सङ्ख्यामा वैकल्पिक सिकाइमा सहजीकरण गर्नुपर्छ ।’

गाउँपालिकाको शिक्षा शाखाले केही दिन अघि गरेको अनुगमनका क्रममा वडा नम्बर २ र वडा नम्बर ७ मा रहेका निजी विद्यालयले कक्षा कोठाभरी विद्यार्थी राखेर पठनपाठन गरिरहेको पाएपछि बन्द गराएको थियो । शाखाले सूचना नै प्रकाशन गरेर विद्यालय खोली पठनपाठन नगर्न नगराउन अनुरोध गरेको छ ।

झापामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३४६ जना रहेको छ ।तीमध्ये निको भएर ३०४ जना घर फर्किएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

कचनकवल गाउँपालिकाका मात्र १३५ जना कोरोना सङ्क्रमितमध्ये निको भएर १३४ जना फर्किसकेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ५९ बजे

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए…

वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

झापा – मेची रङ्गशालामा आज सम्पन्न प्रथम ‘ओम साई पाथिभरा

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

काठमाडौँ – सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख