एलइडी फ्लेक्ससहितको स्मार्ट मास्क, नेपाली मूल्य ११ हजार « Khabarhub

एलइडी फ्लेक्ससहितको स्मार्ट मास्क, नेपाली मूल्य ११ हजार


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोभिड–१९ का कारण अहिले मास्क लगाउनु हरेक नागरिकका लागि अनिवार्य भइसकेको छ । तर, सामान्य मास्क लगाउँदा कतिपय हैरान हुने गर्छन् ।

आजभोलि बजारमा चाखलाग्दा र स्मार्ट मास्कहरु पनि निर्माणको क्रम बढेको छ । केही समयअघि एक जापानी कम्पनीले स्मार्ट मास्क सार्वजनिक गरेको थियो ।

यसैबीच अर्को एक मास्क कम्पनीले एलइडी मास्कको विकास गरेको छ ।

द भर्जको रिपोर्टअनुसार यो मास्कलाई डुअल लेअर कटनले बनाइएको छ । जसमा चार्जेबल एलइडी फ्लेक्स प्यानल पनि छ ।

उक्त प्यानललाई सेनिटाइज गरेर पुनः प्रयोग गर्न सकिन्छ । हाल यो मास्कको नेपाली मूल्य झण्डै ११ हजार पर्छ । मास्कलाई अनलाइनमार्फत पनि खरिद गर्न मिल्नेछ ।

एलइडी डिस्प्लेवाला यो मास्क एक स्क्रिनका साथ उपलब्ध हुनेछ । प्रयोगकर्ताले मोबाइल एपका माध्यमबाट मास्कलाई कस्टमाइज गर्न पनि सक्नेछन् ।

यो मास्क लगाएर सास फेर्न पनि सहज हुने बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ३ : ३४ बजे

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५